काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नवनिर्वाचित जनप्रतिनिधिले सहि ढंगले जिम्मेवारी बहन गर्न आग्रह गरेका छन् ।
नेकपा एमालेका तर्फबाट निर्वाचित जनप्रतिनिधिलाई काठमाडौंमा प्रशिक्षण दिने कार्यक्रममा अध्यक्ष ओलीले यस्तो बताएका हुन् । उनले नवनिर्वाचित जनप्रतिनिधिलाई अब स्वतन्त्र नागरिक नभई जनप्रतिनिधि भएकाले जनताको मनोभावना अनुसार काम गर्न आग्रह गरे ।
‘तपाईहरु अव स्वतन्त्र नागरिक होईन अव तपाईहरु जनप्रतिनिधि हो । अव बढी शालिन र विनम्र हुनुपर्छ ।’
उनले जनताले हरेक कुरामा नजर राख्ने भएकाले बोल्ने, हिड्ने, प्रतिक्रिया दिँदा विचार पुर्याउन जनप्रतिनिधिलाई आग्रह गरे ।