काठमाडौं । सांसद हृदयेश त्रिपाठीले अर्थमन्त्रीमाथि छानबिन गर्न संसदीय समितिको माग गरेका छन् । बिहीवारको प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयकको सम्बन्धमा अर्थ मन्त्रालयको जवाफ दिन अर्थमन्त्री शर्मालाई कार्यसूचीमा राखेकोप्रति आपत्ति जनाउँदै अर्थमन्त्रीमाथि छानबिन गर्न संसदीय समितिको माग गरेका हुन् ।
उनले अर्थमन्त्रीले विचौलियको प्रयोग गरेको हो भने त्यो अपराध गरेको ठहरिने बताए ।