काठमाडौं । प्रतिनिधि सभामा अर्थमन्त्री जनार्दन शर्माले आफूले करको दर परिर्वतन गर्दा राष्ट्रघात नगरेको दाबी गरेका छन् । बिहीवार प्रतिनिधि सभामा सांसदहरुले उठाएको मन्त्रालय सम्बन्धी प्रश्नको जवाफ दिँदै मन्त्री शर्माले करको दर परिर्वतन गर्दा कुनै किसिमको राष्ट्रघात नगरेको बताएका हुन् ।
उनले राजश्वका दरहरु परिवर्तन गर्ने आवश्यक प्रक्रियाअनुसार सम्बन्धित विभागीय प्रमुखहरु र सचिवहरु सहितको कमिटीबीच छलफल गरेरै निर्धारण गरेको बताए । मन्त्री शर्माले राजश्वका दर परिर्वतन गर्ने प्रचलनअनुसार परिर्वतन गरेका दर रेटहरुप्रति आफू पूर्ण जिम्मेवार र जवाफदेही रहेको बताए । उनले देशको डलरको सञ्चिति,आयात ,उत्पादन र औद्योगिक वातावरण लाई कसरी अगाडि बढाउने भन्ने विषयलाईसमेत ध्यानमा राखेर करका दरहरु परिर्वतन गरेको दाबी गर्नु भयो । मन्त्री शर्माले करका दर परिर्वतन गर्दा कुनैपनि मान्छेभित्र नपसेको दाबी स्पष्ट पारे ।
अर्थमन्त्री शर्माले कोरोना बीमा बापत पाउने रकम भुक्तानीको लागि बीमा कम्पनीहरुसँ छलफल भइरहेको बताए । मन्त्री शर्माले बीमा कम्पनीहरुसँग भएको छलफल अनुसार छिटै रकम भुक्तानी दिने प्रक्रियाको तयारी गरिरहेको बताए ।