logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • एसपीपीमा नेपाल सहभागि हुदैन भनेर प्रधानमन्त्रीले अमेरिकालाई पत्र लेख्नुपर्छ : कमल थापा

    एसपीपीमा नेपाल सहभागि हुदैन भनेर प्रधानमन्त्रीले अमेरिकालाई पत्र लेख्नुपर्छ : कमल थापा

    2.5K
    Shares

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले स्टेट पार्टनरसीप प्रोग्राममा नेपाल सहभागि नहुने भनेर प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकालाई पत्र लेख्नुपर्ने बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित विश्वको सर्वोच्च शिखर सगरमाथामा राप्रपा नेपालको चुनाव चिन्ह ‘तीर’ सहितको झण्डा फहराउने पर्वतारोहीहरुलाई ‘चन्द्रस्मृति विशिष्ट प्रतिभा सम्मान’ हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले यस्तो बताएका हुन् ।

    उनले नेपाल कुनैपनि हालतमा स्टेट पार्टनरसीप प्रोग्राममा सहभागि हुनु नहुने बताए । उनले प्रधानमन्त्री देउवालाई एसपीपी नेपालको लागि आवश्यक छैन भनेर अमेरिकालाई पत्र लेख्न आग्रह गरे ।

    अध्यक्ष थापाले एसपीपीको सम्बन्धमा विवाद देखिएको उल्लेख गर्दै विवादको निराकरणका लागि अमेरिकालाई पत्र लेखेर यसबाट अलग हुनुपर्ने धारणा राखे ।

    अध्यक्ष थापाले नेपाल अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरुको चलखेल केन्द्रको रुपमा देखा पर्न थालेको पनि बताए । उनले नेपालको दुवै छिमेकी मुलुकहरु चिन र भारतसँगको सम्बन्ध राम्रो अवस्थामा नरहेको सुनाए । सरकारको क्रियाकलापका कारण चिनले नेपाललाई आशंकाको दृष्टिले हेर्न थालेको उनको भनाई छ । उनले छिमेकी मुलुकहरुसँगको सम्बन्ध सुदृढ बनाउनुपर्नेमा जोड दिदैँ छिमेकीहरुलाई नचिढ्याउन प्रधानमन्त्री देउवालाई आग्रह गरे ।

    अध्यक्ष थापाले अर्थमन्त्री जनार्दन शर्माले बजेट बनाउने क्रममा करको दर हेरफेर गर्न असम्बन्धित र गैरजिम्मेवार व्यक्तिहरुलाई संलग्न गराउनु जघन्य अपराध भएको टिप्पणी गरे । उनले उक्त कार्य आर्थिक अपराध, असंवैधानिक र गैरजिम्मेवारपूर्ण भएको बताए ।

    उनले अर्थमन्त्री शर्माले अहिलेसम्म राजीनामा नदिएको तथा प्रधानमन्त्रीले नहटाएको भन्दै आश्चर्य प्रकट गरे । उक्त कार्य संवैधानिक, नैतिक र राजनीतिक दृष्टिकोणबाट आपत्तिजनक भएको उनको भनाई छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend