logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • प्रधानमन्त्रीको बचाउमा पुष्पा भुषाल बोलेपछि बैठकमै भनाभन

    प्रधानमन्त्रीको बचाउमा पुष्पा भुषाल बोलेपछि बैठकमै भनाभन

    2.3K
    Shares

    काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको अनुपस्थितिलाई लिएर प्रमुख विपक्षी नेकपा एमाले र सत्तापक्षकै माओवादी सांसदहरूले आलोचना गरेपछि कांग्रेस सांसद भने बचाउमा उत्रिएका छन् ।

    समिति बैठकमा एमालेका नारदमुनी रानाले बोलिरहेका बेला कांग्रेस प्रमुख सचेतक पुष्पा भुसालले आपत्ति जनाईन् । उनले कुनै नेताको राजनीतिक जीवनमाथि प्रश्नचिन्ह खडा गर्ने उद्देश्यले बहस अघि बढाईएको भन्दै त्यस्तो भए आफूहरू पनि सोही अनुसार तयारी गरेर आउने बताइन् ।

    प्रधानमन्त्रीको भ्रमण तय भएपछि संसदलाई जानकारी गराउने भनिसकेपछि पनि यसलाई राजनीतिकरण गर्न खोजिएको भुषालको भनाई थियो ।

    भुसालले विषयलाई राजनीतिकरण गर्न खोजिएको भन्दै आपत्ति जनाएपछि एमाले नेता भीम रावलले आपत्ति जनाए । उनले रक्षामन्त्रीको हैसियतमा प्रधानमन्त्रीले जवाफ दिनुपर्छ भन्दा कसरी राजनीतिकरण भयो भन्दै भुषाललाई प्रश्न गरे ।

    उनले प्रधामन्त्रीले आउँन मिल्दैन, छलफल गर्न पर्दैन भन्ने कुरा नै अनुत्तरदायी कुरा भएको भन्दै भुसालको खण्डन गरेका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend