logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • गठबन्धनको गीत नगाउन पार्टी पंक्तिलाई माधव नेपालको निर्देशन

    गठबन्धनको गीत नगाउन पार्टी पंक्तिलाई माधव नेपालको निर्देशन

    2.5K
    Shares
    गठबन्धनको गीत नगाउन पार्टी पंक्तिलाई माधव नेपालको निर्देशन

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले गठबन्धनको गीत नगाउन पार्टी पंक्तिलाई निर्देशन दिएका छन् । आईतवार समाजवादी प्रेस संगठन नेपालले काठमाडौंमा आयोजना गरेको सम्पादकहरुसँगको अन्तरक्रियामा बोल्दै अध्यक्ष नेपालले स्थानीय तहमा आशा गरेअनुसारको परिणाम गठबन्धनबाट नआएकोले गठबन्धनको गीत नगाउन पार्टी पंक्तिहरुलाई निर्देशन दिएका हुन् ।

    उनले गठबन्धनको गीत गाउन छोडेर आफ्नो पार्टीलाई सबै जिल्लाका स्थानीय निकायहरुमा मजबुत बनाउने कुरामा लाग्न पनि आग्रह गरे । अध्यक्ष नेपालले आगामी मंसिरमा नै प्रदेश र संघीय चुनाव हुने भन्दै त्यसलाई आधार मानेर सिट व्यवस्थापनको कुरामा छलफल चलाउनुपर्ने आवश्यक्ता रहेको बताए ।

    उनले भने, ‘गठबन्धनलाई जोगाउँदै अघि बढ्न्पर्नेछ । अब निर्वाचनको तयारीमा जुट्नुपर्छ । हाम्रो सामु संघीय निर्वाचन र प्रादेशिक निर्वाचन आइसकेको छ । ६ महिनाभित्र नै सम्भवतः चुनाव हुनेछ । मंसिरलाई नै हामीले आधार मानिरहेका छौँ । मंसिर महिनालाई आधार मान्दा अहिलेदेखि नै हामीले चुनावको निम्ति छलफल चलाउनुपर्छ उम्मेदवारको बारेमा वा सिट विभाजनको बारेमा । छलफल चलाउनुपर्ने आवश्यक्ता छ । तर स्थानीय तहको निर्वाचनमा हामी गठबन्धनतर्फ बढी आशावादी भएको हुनाले हामीले आफ्नो पार्टी पंक्तिलाई भनिरहेका छौँ, गठबन्धन, गठबन्धनको गीत गाउन बन्द गर्नुहोस् । आफ्नो शक्तिप्रति गर्ने कुरामा जोड लगाउनुस् । संगठन बिस्तार गर्ने कुरामा लागि पर्नुहोस् । देशका ७५३ वटा नै पालिकाहरुमा पार्टी संगठन बिस्तारको काम गर्नुहोस् । टोल गाउँसम्म पार्टीलाई पु¥याउने काममा जुट्नुहोस् । संगठन निर्माणको कुरामा दिनुपर्ने जति ध्यान दिएका छैनौँ ।’

    अध्यक्ष नेपालले स्थानीय तहमा गठबन्धन पेचिलो हुने अनुभव बटुलेको भन्दै प्रदेश र प्रतिनिधि सभाको चुनावमा सिट बाँडफाँडमा कठिनाइ नहुने बताए । उनले आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा सहमति गरेर र सहमति नजुटेको ठाउँमा एक्लाएक्लै चुनाव लड्ने बताए । अध्यक्ष नेपालले आगामी चुनावसम्म गठबन्धन कायमै रहने र त्यसपछिको दिनमा पनि गठबन्धनलाई अघि लैजाने विषयमा छलफल भइरहेको बताए ।

    उनले भने, ‘गठबन्धन तुलनात्मक रुपमा स्थानीय तहमा पेचिलो हुँदो रहेछ, माथिपनि पेचिलो, गाह्रो त छ । तर तुलनात्मक रुपमा माथि सजिलो छ । किनभन्दा १६५ वटा सिट प्रतिनिधि सभामा जुन छ, ३३० वटा प्रदेश सभामा छ । एउटा निर्वाचन क्षेत्रमा दुई वटा, एउटा प्रतिनिधि सभाको निर्वाचन क्षेत्रमा दुईवटा प्रदेश सभाका सदस्यको सिट छ । अन्य जिल्लाहरुमा हेरेर छ, कतै एउटा, कतै दुई वटा र मधेस प्रदेशमा ४ वटाका दरले छ । त्यहाँ पनि मिलाउन सजिलो हुनसक्छ । सहमति भएको ठाउँमा सहमतिले र नभएको ठाउँमा यो ढंगले अघि बढ्ने भन्ने कुरापनि हुनसक्ला । आगामी चुनावसम्म गठबन्धन कायम रहन्छ कि रहँदैन ? भन्ने कुरा छ । हाम्रो निर्वाचन प्रणाली नै कस्तो छ भने एउटै पार्टीको बहुमतको सम्भावना अत्यन्तै कम छ । निर्वाचन प्रणालीले नै यहाँ एकभन्दा बढी पार्टीले मिलेर सरकार बनाउनुपर्ने दिशातर्फ मुलुकको राजनीति अघि बढीरहेको छ । नेपाली समाजमा मिलेर काम गर्ने संस्कृति छ, यसलाई हामीले जोगाउनु पर्छ । आगामी चुनावसम्म त गठबन्धन कायम रहन्छ नै त्यसपछि पनि यसलाई अघि बढाएर लैजाने कुरामा समयदेखि नै हाम्रो ध्यान जानुपर्ने आवश्यक्ता छ ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend