logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • अहिले देशमा राजालाई सत्तामा ल्याउने धेरै ठूलो षड्यन्त्र चलिरहेको छ: माधव नेपाल

    अहिले देशमा राजालाई सत्तामा ल्याउने धेरै ठूलो षड्यन्त्र चलिरहेको छ: माधव नेपाल

    5.6K
    Shares
    अहिले देशमा राजालाई सत्तामा ल्याउने धेरै ठूलो षड्यन्त्र चलिरहेको छ: माधव नेपाल

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अध्यक्ष नेपालले अहिले नेपालमा प्रतिगमनको कुरा धेरै उठिरहेको भन्दै आपत्ति जनाए । उनले प्रतिगमन भनेको राजालाई सत्तामा ल्याउने कुरा भएको र अहिले देशमा धेरै ठूलो षड्यन्त्र चलिरहेको बताए ।

    अध्यक्ष नेपालले राजा ल्याउने कुरा किमार्थ सम्भव नरहेको भन्दै राजाहरुलाई देश लुटेर नपुगेकाहरुको संज्ञा दिए । उनले अहिलेको समस्या संघीयता नभइ जिम्मेवारीबोधको भावना रहेको बताए ।
    उनले भने, ‘प्रतिगमनको कुरा छ । त्यो भनेको राजालाई ल्याउने हो । धेरै ठूलो षड्यन्त्र चलिरहेको छ तर यो किमार्थ सम्भव छैन । प्रतिगमन भनेको राजाको शासन आएपछि देश राम्रो हुन्छ, देश लुटेर नपुगेका देश कसरी चलाएका थिए हामीले थाहा नपाएका हौँ र ? त्यसैले त्यो तहमा जाने कुरा आउँदैन । संघीयता समस्या होइन, समस्या जिम्मेवारीबोधको भावनाको हो ।’

    अध्यक्ष नेपालले माओवादी र प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रहमा केही दिनका लागि मात्रै मन्त्री परिवर्तनको प्रक्रिया रोकिएको स्पष्ट पारे । उनले आफ्नो पार्टीले मन्त्री परिवर्तन गर्न नाम पठाएपछि माओवादीमा पनि कुरा चलेकोले केही दिनका लागि प्रक्रिया रोकेको तर अब छिटै नै परिवर्तन हुने धारणा राखे । पार्टीबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बन्नुभएका प्रेम आलेले बोलेको शब्दहरुप्रति लक्षित गर्दै आगामी दिनमा विचार पु¥याएर मात्रै बोल्न अनुरोध गरे ।

    उनले भने, ‘माओवादी र प्रधानमन्त्रीले केही दिन पर्खिन भनेका कारण मन्त्री परिवर्तनमा ढिलाई भइरहेको छ । छिटै अब मन्त्रीहरुको परिवर्तन गर्ने कुरामा प्रधानमन्त्रीले जवाफ दिनुभएको छ । पर्यटन मन्त्रीको बारेमा सोध्नुभयो । मान्छेको बारेमा सोध्दा जवाफ दिन धेरै गाह्रो हुन्छ, म यत्तिमात्रै भन्न चाहन्छु, कि कुनैपनि कुरा बोल्दा विचार पु¥याएर मात्रै बोल्नुपर्छ ।’

    अध्यक्ष नेपालले अहिले देश ठिकठाक नरहेको दाबी गरे । उनले आगामी निर्वाचनमा मतपत्र कस्तो बनाउनु पर्छ भन्ने बारेमा पनि छलफल हुन आवश्यक रहेको उल्लेख गरे । अध्यक्ष नेपालले मतपत्रको बारेमा नागरिकलाई बुझाउन नसक्दा, काठमाडौं लगायतका केही पालिकाहरुमा उपमेयरमा चुनाव हार्न पुगेको बताए । उनले स्थानीय तहको निर्वाचनबाट गठबन्धन गर्दा कहीँ न कहीँ त्रुटी भएको उल्लेख गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend