काठमाडौं । मेयर बालेन्द्र साहले काठमाडौं महानगरपालिकालाई पूर्ण साक्षरता सहर घोषणा गरिने बताएका छन् । आइतबार नगरसभाको ११ औं अधिवेशनमार्फत आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेका साहले महानगरपालिका लागि पूर्ण साक्षरता सहर घोषणा गरिने बताएका हुन् ।
महानगरको सांस्कृति सहरको रुपमा विकास गर्ने गरी स्थानीय नेपाल भाषाको विकास एवं प्रवद्र्धनका लागि जारी प्राथमिक तहदेखि ८ कक्षासम्मको नेपाल भाषाको अध्ययन अध्यापन कार्यक्रमलाई समेत आफुले निरन्तरता दिएको मेयर शाहले बताए ।