२०८१ मंसिर ७ शुक्रबार
काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढेसँगै गाडी भाडामा पनि बढेको छ । यातायात व्यवस्था विभागले आजैदेखि लागू हुने गरी सार्वजनिक यातायातको भाडा बढाएको हो। यात्रुबाहक सवारी साधनमा ५.३ प्रतिशतले भाडा बढाइएको छ।