काठमाडौं । चौबीस वर्षीया महिलालाई जबरजस्ती करणी गरी एकलाख नगद र गहना लुटपाट गर्नै एकजना पक्राउ परेका छन् ।
प्रहरी वृत्त कालिमाटीबाट खटिएको विशेष टोलीले काभ्रेपलाञ्चोक तिमाल गाउँपालिका ९ घर भई हाल बनेपा डेरा गरी बस्ने ३० वर्षका विश्व तामाङलाई पक्राउ गरेको हो ।
विवाह गर्ने प्रलोभन देखाएर काठमाडौं ११ भोटेबहालस्थित एक गेष्ट हाउसमा राखी पेय पदार्थमा लठ्ठिने पदार्थ मिसाई खुवाएको र साथमा रहेको नगद एकलाख, दुई तोला सुन र एउटा मोबाइल लुटेको प्रहरीले जनाएको छ ।