logo

२०८१ कार्तिक ५ सोमबार

logo
  • सोमबार, ५ कार्तिक २०८१
  • विद्यालयहरुमा पाठ्यपुस्तक समयमा नै पर्याउन नसक्नु गैरजिम्मेवार र असक्षमता: जीवनराम श्रेष्ठ

    विद्यालयहरुमा पाठ्यपुस्तक समयमा नै पर्याउन नसक्नु गैरजिम्मेवार र असक्षमता: जीवनराम श्रेष्ठ

    3.3K
    Shares
    विद्यालयहरुमा पाठ्यपुस्तक समयमा नै पर्याउन नसक्नु गैरजिम्मेवार र असक्षमता: जीवनराम श्रेष्ठ

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता जीवनराम श्रेष्ठले विद्यालयहरुमा पाठ्यपुस्तक समयमा नै पर्याउन नसक्ने गैरजिम्मेवार र असक्षमता भएको बताए । उनले ज्ञान आर्जन गर्ने पाठ्यपुस्तक नै विद्यालयहरुमा समयमा दिन नसक्नु सरकारको असक्षमता देखाएको बताए । श्रेष्ठले सरकारले नीति तथा कार्यक्रम र बजेटबाट शिक्षालाई उच्च प्राथमिकता राखि गुणस्तरीय शिक्षा दिने कुरामा निरन्तर गरिरहेता पनि व्यवहारमा नभएको गुनासो गरे ।

    उनले भने,‘स्थानीय तहलाई विद्यालयको जिम्मेवारी दिएका छौं । ऐनको अभावले स्थानीय तहहरुले विद्यालयहरुलाई व्यवस्थित गर्न सकेका छैनन् । एउटा कार्यकाल स्थानीय तहका नेतृत्वले पूरा गरका छन् । नयाँ नेतृत्व आएको छ । त्यहाँ त्यही समस्या रहेको छ । शिक्षा ऐन बिना स्थानीय तहले व्यवस्थित बनाउन सक्दैनन् । सरकारले यो विषयमा उच्च प्राथमिकताका साथ काम गर्नु आवश्यक छ । विद्यालयमा पठनपाठन हुने समयमा सरकारले विद्यालयहरुमा विद्यार्थीहरुको हातहातमा पाठ्यपुस्तक पु¥याउन नसक्नु असाध्यै लजास्पद र गैर जिम्मेवारीपन स्थिति अरु केही हुन सक्दैन । राज्यले नै शिक्षालाई उच्च प्राथमिकता राख्ने कुरा, गुणस्तरीय शिक्षा दिने कुरामा निरन्तर गरिरहेका छौं । नीति तथा कार्यक्रम र बजेटबाट जोड दिएको छ । जुन शिक्षा आर्जन गर्ने पुस्तक नै सरकारले दिन सकेको छैन । यो जस्तो सरकारको असक्षमता र लजास्पद आवस्था केही हुन सक्दैन ।’

    उनले स्थानीय तहलाई माध्यमिक तहसम्मको विद्यालयको जिम्मेवारी दिएपनि शिक्षा ऐन नभएको कारण शिक्षामा गुणस्तर कम हुँदै गएको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend