logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • विदेशमा रहेका नेपालीले मताधिकारको प्रयोग गर्न पाउने कुरा निर्णयमा पर्याउन छलफल भएको छ: महामन्त्री शर्मा

    विदेशमा रहेका नेपालीले मताधिकारको प्रयोग गर्न पाउने कुरा निर्णयमा पर्याउन छलफल भएको छ: महामन्त्री शर्मा

    2.6K
    Shares
    विदेशमा रहेका नेपालीले मताधिकारको प्रयोग गर्न पाउने कुरा निर्णयमा पर्याउन छलफल भएको छ: महामन्त्री शर्मा

     

    काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विदेशमा रहेका नेपालीहरुको मतदानको अधिकारसँग सम्बन्धित विषयमा छलफल भएको बताए । उनले विदेशमा रहेका नेपालीहरुले मताधिकारको प्रयोग गर्न पाउने कुरालाई निर्णयमा पु¥याउनका लागि छलफल गरेको बताए ।

    महामन्त्री शर्माले नेपाल बाहिर रहेका ४० लाख नेपालीहरुको भावना गाँस्ने कुरालाई मध्यनजर गरेर यो काम अघि बढाइएको बताए । उनले विदेशमा बसेका नेपालीको भोट चल्ने दिन बनाउन यो काम थालिएको बताए ।

    उनले भने, ‘मतदाता नामावलीसँग सम्बन्धित त्यसमा पनि विशेष गरेर विदेशमा रहेका नेपालीहरुको मतदानको अधिकारसँग सम्बन्धित विषयमा छलफल गरेका छौँ । सम्मानित सर्वोच्च अदालतले सरकार र निर्वाचन आयोगको नाममा विदेशमा रहेका नेपालीहरुको मताधिकारलाई सुरक्षित गर्न, प्रवन्ध गर्नको लागि आवश्यक कानून निर्माण गर्ने र आवश्यक प्राविधिक बन्दोबस्त गर्नका लागि आदेश जारी गरेको थियो । नेपाली काँग्रेसको केन्द्रिय समितिको सर्वोच्चको फैसला लगत्तै बसेको बैठकले पनि विदेशमा बसेका नेपालीहरुको मतदानको अधिकारलाई सुनिश्चित गर्ने बारेमा सरकारको ध्यानाकर्षण गराएको थियो । हामीले भर्खरै यसलाई उठाएका होइनौँ, विगतमा उठाउँदै आएको मुद्दालाई अलि गम्भीर रुपमा निर्णयमा पु¥याउने रुपमा हामी छलफलमा जुटेका छौँ । प्रधानमन्त्रीज्यूले पनि यसलाई सकारात्मक रुपमा लिनुभएको छ । प्रमुख निर्वाचन आयुक्तज्यूको संवादबाट पनि आन्तरिक रुपमा तयार भइरहेको कानूनलाई अघि बढाउन र बाहिर रहेका नेपालीको मतदानको अधिकार सुनिश्चित गर्न हामीले छलफल गरेका छौँ । बाहिर रहेका ४० लाख नेपालीहरुको भावना गाँस्ने कुरा हो र नेपालको समुन्नतीमा जोडिने कुरा हो । विदेशमा बसेका नेपालीको भोट चल्ने दिनपनि हामीले बनाउनु पर्छ । नोट चल्ने बनाएर मात्रै हुँदैन ।’

    नेपाली काँग्रेसका महामन्त्रीद्वय थापा र शर्माले आज निर्वाचन आयोग, नेपालका प्रमुख निर्वाचन आयुक्त थपलियासँग विदेशमा रहेका नेपालीहरुले पनि आगामी निर्वाचनमा मताधिकारको प्रयोग गर्न पाउनुपर्ने भन्दै ध्यानाकर्षण गराएका थिए । महामन्त्री शर्माले भेटमा प्रमुख आयुक्त थपलिायाले निर्वाचन ऐनलाई सच्याउने कुरामा संसदमा राजनीतिक दलहरुसँग समझदारी गरी पेस गर्न र पास गर्ने वातावरण मिलाइदिन आग्रह गरेको बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend