logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • एमाले पोलिटब्यूरो सदस्य सूर्य थापाले भने: निर्वाचन आयोगले रवि लामिछानेको पार्टी दर्ता गर्न हुदैन

    एमाले पोलिटब्यूरो सदस्य सूर्य थापाले भने: निर्वाचन आयोगले रवि लामिछानेको पार्टी दर्ता गर्न हुदैन

    3.5K
    Shares
    एमाले पोलिटब्यूरो सदस्य सूर्य थापाले भने: निर्वाचन आयोगले रवि लामिछानेको पार्टी दर्ता गर्न हुदैन

    काठमाडौं । नेकपा एमाले पोलिटब्यूरो सदस्य सूर्य थापाले रबि लामिछानेको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ निर्वाचन आयोगले दर्ता गर्न नहुने बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत स्वतन्त्र पार्टी गठन गरिने कानुन विपरीत भएको बताए ।

    थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत निर्वाचन आयोगले रवि लामिछानेको पार्टी दर्ता गर्न नहुने बताएका हुन् ।

    उनले लेखेका छन् ‘कानुनत ः स्वतन्त्र उम्मेदवारी व्यक्तिको सार्वभौम अधिकार हो। व्यक्तिले दलमा लाग्दिनँ भनेर स्वतन्त्र रूपमा निर्वाचन लड्न र जित्न पाउनेगरी कानुनले सुरक्षित गरेको अधिकार छिनेर स्वतन्त्र पार्टी गठन गरिनु कानुनविपरीत हो,’ ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend