logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • प्रतिनिधिसभा बैठक: कुन सांसदले के भने ?

    प्रतिनिधिसभा बैठक: कुन सांसदले के भने ?

    3.1K
    Shares
    प्रतिनिधिसभा बैठक: कुन सांसदले के भने ?

     

    काठमाडाै‌ । सत्तारुढ दलका सांसदहरुलेनै सरकारको चर्को आलोचना गर्न सुरु गरेका छन । सत्तारुढ नेपाली काँग्रेसका सांसद सञ्जयकुमार गौतम, नेकपा (माओवादी केन्द्र)की सांसद धर्मशिला चापागाईँ र नेकपा (एकीकृत समाजवादी)की सांसद पार्वतीकुमारी बिसुन्केले जनतालाई अझै मलको व्यवस्था गर्न नसकेको, आगामी आर्थिक वर्षको बजेटमा आफ्ना निर्वाचन क्षेत्रका लागि कुनै पनि बजेट विनियोजन नगरेको, महंगीले जनता मारमा पर्दा पनि राहत दिने तयारी समेत नगरेको भन्दै सरकारको चर्को आलोचना गरेको हुन ।

    मंगलबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै काँग्रेस सांसद गौतमले असार १५ बित्न लाग्दा समेत मलको अझै व्यवस्था गर्न नसकेको उल्लेख गर्दै सरकारप्रति आक्रोश व्यक्त गरे । उनले महंगीको मारमा परेका जनतामा निराशा छाउन थालेको उल्लेख गर्दै त्यसतर्फ सचेत रहन पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए ।

    आफ्नो निर्वाचन क्षेत्रमा आगामी आर्थिक वर्षका लागि एउटा पनि बजेट नपारेको भन्दै नेकपा (माओवादी केन्द्र)की सांसद धर्मशिला चापागार्इँले आपत्ति जनाईन् । गत माघ महिनादेखि जनताका सरोकारका योजनाहरुमा बजेट हाल्नका लागि अर्थमन्त्री जनार्दन शर्मासँगै कुरा गरेको उल्लेख गर्दै उनले त्यहाँ किन बजेट नपारेको हो, जनतालाई तत्काल जवाफ दिन सरकारसँग माग गरिन् ।

    अर्का सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)की सांसद पार्वतीकुमारी बिसुन्केले माथिल्लो कर्णाली जलविद्युत आयोजनाको नामै लिन सरकारले नचाहेको भन्दै असन्तुष्टि व्यक्त गरिन् । उनले सो जलविद्युत आयोजना नेपाली लगानीमै सम्पन्न गर्ने गरी अघि बढाउन पनि सरकारलाई दवाव दिइृन् ।

    सांसद बिसुन्केले नेपालको जलविद्युत निर्यात गरेर राष्ट्रिय अर्थतन्त्रमा समेत योगदान पु¥याउन सक्ने सो आयोजनाको काम अघि बढाउन किन बिलम्व गर्नु परेको भनि सरकारसँग प्रश्न समेत गरिन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend