logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • प्रदेश र संघीय निर्वाचनको मिति छिटो तोक्नुपर्छ: मन्त्री गहतराज

    प्रदेश र संघीय निर्वाचनको मिति छिटो तोक्नुपर्छ: मन्त्री गहतराज

    2.3K
    Shares
    प्रदेश र संघीय निर्वाचनको मिति छिटो तोक्नुपर्छ: मन्त्री गहतराज

     

    काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले प्रदेश र संघीय निर्वाचनको मिति छिटो तोक्नुपर्ने बताएका छन् । मंगलबार नयाँबानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदैँ उहाँले आगामी प्रदेश र संघीय निर्वाचन छिट्टै तोक्नुपर्ने बताएका हुन् ।

    उनले गठबन्धनलाई भाड्ने चलखेल भइरहेको पनि बताए । गठबन्धनलाई बचाउन र अहिलेको प्रणालीलाई बचाउनका लागि पनि निर्वाचनको मिति छिटो तोक्नु उपयुक्त हुने उनले बताए ।

    उनले भने – ‘समग्र गढबन्धनलाई भत्काउने ढंगले, यसलाई भाड्ने ढंगले जुन खालका चलखेल भइरहेका छन् । निर्वाचनको समय पनि आइसकेको छ । अब निर्वाचनमा जाने बेला भइसक्यो त्यसको निर्णय त उपयुक्त समयमा मन्त्रिपरिषद्ले गर्छ । गठबन्धनलाई भाड्ने चलखेल भइरहेका छन् । गठबन्धनलाई बचाउने, अहिलेको प्रणालीलाई बचाउने, निर्वाचन प्रक्रियालाई खलबल गराउने खालको चलखेल हुन खोज्दैछ । त्यसलाई चिर्नका लागि निर्वाचनको मिति छिटो तोक्नु उपयुक्त हुने ।’

    उनले मन्त्री परिवर्तन गर्ने पार्टीहरुको अधिकारको कुरा भएको उल्लेख गर्दै सम्बन्धित पार्टीले चाहेमा कुनैपनि बेला मन्त्री परिवर्तन हुन सक्ने बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend