logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • एमाले सचेतक भट्टराई भन्छन्- मन्त्रीहरू मन्त्रीको लेबल मै हुनुहुन्न

    एमाले सचेतक भट्टराई भन्छन्- मन्त्रीहरू मन्त्रीको लेबल मै हुनुहुन्न

    2K
    Shares

    काठमाडौं । राष्ट्रियसभामा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सचेतक खिमलाल भट्टराईले विनियोजन विधेयकमा नीति तथा कार्यक्रम, सिद्धान्त र प्राथमिकता एवं बजेटबीच तादम्यता नभएको बताएका छन् ।

    आजको राष्ट्रियसभा बैठकमा उनले नीति तथा कार्यक्रममा विकासको प्याकेज ल्याइए पनि विनियोजन नदेखिएको बताए ।

    ‘सरकारले तीनवटा कुरामा विकासको विशेष प्याकेज ल्याउँछ भन्ने लागेको थियो । नीति कार्यक्रममा एकदम राम्रोसँग लिएर आयो । तर, बजेट विनियोजनका शीर्षक हेर्दा त्यो त बिर्सिएको जस्तो देखियो’, उनले भने, ‘त्यो त केही नै छैन भन्दा हुन्छ ।

    लुम्बिनी, पशुपति, जनकपुरलाई विशेष पर्यटकीयस्थलको रूपमा विकास गर्ने भनेर भनियो । यो धेरै राम्रो काम हो । यी गर्नैपर्ने कुरा हो । तर, बजेट, विनियोजन शीर्षक हेर्दा त्यो छैन ।’

    सरकारका मन्त्रीहरूको ‘लेबल’ नदेखिएको उनको भनाइ छ । मन्त्रीहरू आफैँले विनियोजन विधेयकका कार्यक्रम नपढेको आरोप समेत उनले लगाए ।

    ‘मन्त्रीज्यूहरू मन्त्रीको लेबलमा नै हुनु हुन्न । उहाँहरूले आफ्नो विनियोजनको कार्यक्रम एकचोटि पनि पढ्नुभएको छैन । राम्रो तयारी गरेको भए प्रोगामहरूको कपिपेस्ट हुने नै थिएन’, भट्टराईले भने ।

    उनले सकिएका कार्यक्रमहरूमा पनि बजेट छुट्ट्याइदिएको बताए । भट्टराईले भने, ‘यति कपिपेस्ट छ, प्रोगामहरूको कार्यक्रम सकिसकेको छ, बजेट हाल्दिनुभएको छ । मन्त्रीहरू केमा लाग्नुहुन्छ ?’ उनले मन्त्रीहरूको कुनै भिजन नभएको पनि बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend