logo

२०८१ कार्तिक २९ बिहिबार

logo
  • बिहिबार, २९ कार्तिक २०८१
  • असार २० सम्म सरकारले स्वास्थ्य बीमाको रकम नदिए उपचार सेवा बन्द गर्ने दुर्गा प्रसाईँको चेतावनी

    असार २० सम्म सरकारले स्वास्थ्य बीमाको रकम नदिए उपचार सेवा बन्द गर्ने दुर्गा प्रसाईँको चेतावनी

    3K
    Shares

    काठमाडौं । मेडिकल सञ्चालक दुर्गा प्रसाँईले स्वास्थ्य बीमा गरेका नागरिकको उपचार रकम सरकारले असार २० गतेसम्म भुक्तानी नगरे आफ्ना दुई अस्पतालले उपचार सेवा बन्द गर्ने चेतावनी दिएका छन् ।

    बुधवार बीएण्ड सी र नोबेल मेडिकल कलेजले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सरकारले स्वास्थ्य बीमा गरेका बिरामीले उपचार गरेको रकम असार २० गतेसम्म भुक्तानी नगरे उपचार सेवा बन्द गर्ने बताएका हुन् ।

    पत्रकार सम्मेलनमा बीएण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंले सरकारले असार २० गतेसम्म रकम भुक्तानी नगरे स्वास्थ्य सेवा बन्द गर्ने बताए । उनले सरकारी अस्पतालमा ८ करोड पुग्दा सेवा बन्द गर्ने निर्णय गरिसकेकाले आफूहरुले पनि बन्द गर्न सरकारले बाध्य बनाएको आरोप लगाए ।

    प्रसाईंले सरकारले ल्याएको बीमा नीतिमा जनतालाई सबै कुरा निःशुल्क भनेर भ्रम छरिएको बताए । उनले सरकारले अहिले स्वास्थ्य बीमामा छुट्याएको रकममध्ये ३ अर्ब बीएण्ड सीलाई दिए पूर्वका ३२ लाख जनतालाई घरसम्म नै एम्बुलेन्स सेवा पु¥याउने गरी उपचार दिने बताए ।

    सञ्चालक प्रसाईंले आगामी ५ वर्षमा नेपालमा सञ्चालनमा रहेका निजी अस्पताल बन्द हुने दाबी गरे । उनले सरकारको नीतिले आगामी वर्षभित्र सबै निजी लगानीका अस्पताल बन्द हुने बताए ।

    प्रसाईंले गोविन्द केसीले अनसन बसेर ल्याइएको पछिल्लो ‘चिकित्सा शिक्षा ऐन’ का कारण यी सबै कलेज बन्द हुने तरखरमा रहेको दाबी गरे । उनले अब नेपालमा नर्सिङ समेत पढ्नै नपाइने अवस्था आउन लागेको बताए ।

    प्रसाईंले नेपालमा नर्सिङ पढाई नहुने र भएका नर्स विदेशतर्फ जानेक्रम बढेपछि ५ वर्षपछि नेपालले भारत वा अन्य तेस्रो मुलुकबाट नर्स ल्याउनुपर्ने जिकिर गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend