logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • मन्त्रिमण्डल पुनर्गठन गर्न प्रधानमन्त्रीलाई समाजवादीको दबाब

    मन्त्रिमण्डल पुनर्गठन गर्न प्रधानमन्त्रीलाई समाजवादीको दबाब

    3.2K
    Shares
    मन्त्रिमण्डल पुनर्गठन गर्न प्रधानमन्त्रीलाई समाजवादीको दबाब

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले मन्त्रिमण्डल पुनर्गठन गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब दिएको छ । आज बसेको एकीकृत समाजवादीको सचिवालय बैठकमा पनि मन्त्री फेर्ने निर्णय कार्यान्वयन गर्ने निर्णय भएको पार्टीका सम्मानित नेता झलनाथ खनालले बताए ।

    ‘मन्त्री बदल्ने भनेर निर्णय भएको थियो तर त्यो निर्णय किन अहिलेसम्म कार्यान्वनमा आएन?,’ नेता खनालले भने, ‘हाम्रो पार्टीको निर्णयअनुसार तुरून्त मन्त्री फेर्ने निर्णय कार्यान्वयन हुनुपर्दछ ।’

    मन्त्रिमण्डल पुनर्गठनबारे प्रधानमन्त्री देउवालाई भेटेर कुराकानी गर्ने जिम्मेवारी पार्टीले अध्यक्ष माधवकुमार नेपाललाई दिएको पनि खनालले बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend