logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • नेपाल मजदुर किसान पार्टीका अध्यक्ष बिजुक्छेलाई पत्नी शोक

    नेपाल मजदुर किसान पार्टीका अध्यक्ष बिजुक्छेलाई पत्नी शोक

    2.7K
    Shares
    नेपाल मजदुर किसान पार्टीका अध्यक्ष बिजुक्छेलाई पत्नी शोक

    भक्तपुर । नेपाल मजदुर किसान पार्टी(नेमकिपा)का अध्यक्ष नारायणमान बिजुक्छेलाई पत्नी शोक परेको छ । पत्नी शोभा प्रधानको नेपाल क्यान्सर अस्पताल हरिसिद्धीमा उपचारका क्रममा आज अपराह्न निधन भएको नेमकिपाका नेता सरोजराज गोसाईले जानकारी दिए ।

    विसं २०१७ पुस १४ गते रामेछापमा जन्मिएकी शोभा प्रधानको नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेसँग २०४० साल मङ्सिर ११ गते विवाह भएको थियो । उहाँका दुई पुत्र रहेको गोसाईले जानकारी दिए ।

    लामो समयदेखि शिक्षण पेसामा आबद्ध प्रधानलाई २० वर्षअघि क्यान्सर पुष्टि भएर उपचारपछि निको भए पनि केही वर्षअघि पुनः क्यान्सर देखिएपछि उपचाररत थिइन् । उनको अन्तिम संस्कार भने विदेशका रहेका पुत्र नेपाल आइपुगेपछि गरिने बुझिएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend