logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • यौन हिंसाका पीडितलाई क्षतिपूर्ति सरकारले जरीवाना उठाएको कालो धनबाट दिने व्यवस्था गर्नुपर्छ: सांसद विश्वकर्मा

    यौन हिंसाका पीडितलाई क्षतिपूर्ति सरकारले जरीवाना उठाएको कालो धनबाट दिने व्यवस्था गर्नुपर्छ: सांसद विश्वकर्मा

    1.9K
    Shares

    काठमाडौं । सांसद विमला विश्वकर्माले यौन हिंसाका पीडितलाई क्षतिपूर्ति र परिपूरण सरकारले जरीबाना बापत् उठाएको कालो धनबाट दिने व्यवस्था कानूनमा बनाउनुपर्ने बताइन् । उनले राज्यले सुन लगायत बहुमूल्य सामग्री बरामद गरेकोबाट उठेको रकम राज्यले यौन हिंसा पीडितको परिपूरणका लागि कोष खोलेर राख्ने र पीडितहरूका लागि प्रयोग गर्न सकिने बताइन् ।

    उनले भनिन्,‘ पीडितहरुलाई राज्य कोषबाट राहत दिनेभन्दा राज्य कोषमा कहाँबाट पैसा ल्याउने भन्दा राज्यमा कालो धन जफत गर्ने गर्छ । त्यस्ता कालाधनहरुलाई पीडितको लागि राज्य कोषमा राखिने गरी कानून बनाएर जाँदा के हुन्छ । कालो भनेर प्रमाणित भएका धनलाई पीडितहरुको पक्षमा राखौं । राज्यमा कयौं सामानहरु लिलामी हुन्छ त्यो समान पीडित कोषमा राख्दिऔँ । त्यसो गर्दा देशकै जनता पीडितहरुले पाए ।’

    सांसद विश्वकर्माले लिलामी गरेको कालो धन यौन हिंसा पीडितको लागि छुट्याउँदा राज्यकै नागरिक पीडितले नै पाउने जिकिर गरिन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend