काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले मुलुक अहिले ठूलो आर्थिक शंकटमा गुज्रिरहेको बताए । उनले लामो समयदेखि बजारमा तरलताको अभाव हुँदा व्यापार व्यवसाय मन्दितर्फ जान लागेको बताए ।
अध्यक्ष गोल्छाले अर्थतन्त्रको ऐनाको रुपमा रहेको शेयर बजार गम्भिर स्थितिमा पुगेको बताए । उनले ५० लाख शेयर लगानीकर्ता ठूलो शंकटको घडीमा पुगेको दाबी गरे । वाह्य कारणले बजारमा १८ प्रतिशत बढी मूल्यवृद्धि भएको र आगामी दिन अझ बढ्दै जाने अवस्था रहेको उनको भनाई छ ।
अध्यक्ष गोल्छाले विदेशबाट आयात गरेर मात्रै अर्थतन्त्र चलाएकाले तरलता अभाव भएर एक वर्षमा १०० प्रतिशतले बैंकको ब्याज बढेको गुनासो गरे । उनले अब पनि सरकार पक्षबाट केही नगर्ने हो भने अझ बढी गम्भिर स्थितिमा पुग्ने बताए । अध्यक्ष गोल्छाले खोजौं नेपाली,रोजौं नेपालीको नारा सान्दर्भिक भएता पनि राष्ट्रियताको आधारमा मात्रै उद्योग व्यवसाय गर्न नसकिने बताए । उनले सरकारलेसाना र मझौला उद्योगका समस्या समाधान नगरेसम्म यो नारा नारामा नै सिमित रहने जिकिर गरे । अध्यक्ष गोल्छाले साना र मझौला व्यवसायीहरुको लागि बैंकबाट कर्जा लिन बैंकहरुले ठूलो धितो माग गर्ने भएकाले नयाँ उद्यमीहरुको विकास हुन नसकेको दाबी गरे ।
उनले भने,‘सबै उद्योगी व्यवसायीहरुलाई थाहा छ । हाम्रो देश ठूलो आर्थिक शंकटबाट गुज्रिरहेको छ । विगत लामो समयदेखि बजारमा लगानीयोग्य रकम तरलताको समस्याले गर्दा सबै व्यापार व्यवसाय मन्दीतर्फ गएको छ । त्यस्तै शेयर मार्केट पनि हर्ने हो भने ठूला गम्भिर स्थितिमा रहेको छ । ५० लाख डिम्याट खाता होल्डर लगानीकर्ताहरु ठूलो शंकटको घडीमा गुज्रिरहेका छन् । अहिले वाह्य कारणले मूल्यवृद्धि बढेर गएको छ । १८ प्रतिशतको मूल्यवृद्धि भएको छ । बजारको मूल्यवृद्धि अझै बढ्ने सम्भावना देखिएको छ । यस्तो समयमा आफ्नै देशको उत्पादनलाई प्रयोग गर्ने नारा आएको छ । त्यो सान्र्दभिक छ । हामीले वाह्य आयातबाट मात्रै अर्थतन्त्र चलायौं । रेमिट्यान्सबाट आएको स्रोतलाई आयातमा मात्रै खर्च ग¥यौं । उत्पादनमा खर्च गर्न सकेनौं । त्यसले तरलताको समस्या भइरह्यो । तरलता अभावको कारणले बैंकको ब्याजदर एक वर्षमा नै १०० प्रतिशतले बढ्ने अवस्था आयो । अहिले व्यापार व्यवसाय गर्नको लागि बैंकहरुले कर्जा दिनको लागि छोडेका छन् । हामी गम्भिर स्थितिमा छौं । केही न केही हामीले नगर्ने हो भने अझ बढी गम्भिर स्थितिमा पुग्नेछौं । खोजौं नेपाली,रोजौं नेपालीको कुरा छ । यो सान्दर्भिक नारा भएतापनि हामी राष्ट्रियताको आधारमा मात्रै उद्योग व्यवसाय गर्न सक्दैनौं । सरकारले जबसम्म साना र मझौला उद्योगका समस्या समाधान गर्न सक्दैन तबसम्म यो नारा नारामा मात्रै सिमित रहन्छ । साना र मझौला उद्योगीहरु अर्थतन्त्रका मेरुदण्ड हुन् । हामी साच्चि नै समृद्धिको सपना देख्न चाहन्छौं भने साना र मझौला उद्योगलाई सुदृढ बनाउनै पर्छ । साना र मझौला व्यवसायीहरुको लागि बैंकबाट कर्जा लिन समस्या रहेको छ । बैंकहरुले कर्जा दिनको लागि ठूलो धितो माग गर्ने गरेका छन् । त्यसले गर्दा नयाँ उद्यमीहरुको विकास हुन सकेको छैन ।’