logo

२०८१ असोज १४ सोमबार

logo
  • सोमबार, १४ असोज २०८१
  • एकीकृत समाजवादीका मन्त्री र केही सांसदले संसदीय दलको बैठक बोलाउन बुझाए हस्ताक्षर पत्र, यस्तो छ आठ बुँदे माग

    एकीकृत समाजवादीका मन्त्री र केही सांसदले संसदीय दलको बैठक बोलाउन बुझाए हस्ताक्षर पत्र, यस्तो छ आठ बुँदे माग

    2.3K
    Shares
    एकीकृत समाजवादीका मन्त्री र केही सांसदले संसदीय दलको बैठक बोलाउन बुझाए हस्ताक्षर पत्र, यस्तो छ आठ बुँदे माग

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका मन्त्रीहरूको नेतृत्वमा संसदीय दलको बैठक बोलाउन हस्ताक्षर गरिएको छ। पार्टीबाट सरकारमा रहेका मन्त्रीहरू र केही सांसदले संसदीय दलको बैठक बोलाउन हस्ताक्षर पत्र पार्टी कार्यालयमा बुझाएका छन्।

    स्वास्थ्य मन्त्री विरोध खतिवडा, सहरी विकास मन्त्री रामकुमारी झाक्री, श्रममन्त्री कृष्णकुमार श्रेष्ठ, पर्यटन मन्त्री प्रेम आले, सांसदहरू कृष्णलाल महर्जन, निरुदेवी जैरु, धनबहादुर बुढा, पुष्पाकुमारी कर्ण कायस्थ, बीनादेवी बुढाथोकी, गोपालबहादुर बमले पत्रमा हस्ताक्षर गरेका छन्।

    उनीहरूले आफूलाई कायम राख्न दबाब दिँदै पत्र बुझाएका छन् । विभिन्न ८ विषयमा केन्द्रित रहेर संसदीय दलको बैठक बोलाउन उनीहरूले माग गरेका छन्।

    यस्तो छ आठ बुँदे माग
    १. आगामी आर्थिक वर्ष २०७९/८० को बजेट अधिवेशन चलिरहेको समयमा एक्कासि मन्त्रिमण्डल पुनर्गठन गर्ने कुरा सही र स्वाभाविक मान्न सकिन्न ।

    २. पूर्वजानकारी पाउँदा स्वाभाविक प्रक्रियाबाट मन्त्री पदबाट राजीनामा गरेर आउँछौं भनेर नेतृत्वलाई मन्त्रीहरूले दिएको विश्वासमा ठेस पुर्याउने र पटक/पटक अपराधीलाई जस्तो व्यवहार गरियो, यस्तो व्यवहार कदापि ठिक मान्न सकिँदैन ।

    ३. स्थायी कमिटीको बैठकमा समेत अध्यक्ष कमरेडले गठबन्धनमा समस्या भएकोले बजेट पास भएपछि गठबन्धनमा रहेका दलहरूसँग सल्लाह गरेर पार्टीको निर्णय कार्यान्वयन गर्ने भनेर दिएको निष्कर्षविपरीत पटक–पटक आज/भोलि नयाँ मन्त्रीहरूलाई सपथ गराउन प्रधानमन्त्रीलाई दिएको दबाब किमार्थ राम्रो मान्न सकिन्न।

    ४. मन्त्रीहरूले संसद्‌मा बजेटसम्बन्धी आफ्ना धारणा राख्ने र माननीय सदस्यहरूले उठाएका प्रश्नहरूको जवाफ दिएर बजेट पास भएपछि छोड्ने छौं भन्ने प्रतिबद्धतालाई कमजोरी ठानियो, यो व्यवहारप्रति हामी गम्भीर छौं।

    ५. प्रस्ताव गरिएका नयाँ मन्त्रीहरूको नामावली असमावेशी र असन्तुलित छ। यसप्रति हामी गम्भीर असहमत छौं।

    ६. पालैपालो मन्त्री बनाउँछु भन्ने नेतृत्वको भनाइलाई सही मान्ने हो भने पनि सबैलाई एउटै व्यवहार र मापदण्ड लागू नभएको, महिलाको सहभागिता नभएको, गैरसांसद र एकै जिल्लाबाट दुई जना एकैपटक मन्त्रीमा सिफारिस गरेको, पुराना र नयाँको सन्तुलन नमिलाएको कुराप्रति हामी गम्भीर असहमत छौं।

    ७. मन्त्रिमण्डल पुनर्गठन गर्दा पुरानो टिम पूरै फिर्ता र नयाँ टिम सन्तुलित र समावेशी सिद्धान्तको आधारमा सिफारिस गर्न जोडदार माग गर्दछौं। यी तमाम विषयमा छलफल गर्न तत्काल संसदीय दलको बैठक बोलाउन समेत माग गर्दछौं।

    ८. यी तमाम विषयमा छलफल गर्न तत्काल संसदीय दलको बैठक बोलाउन समेत माग गर्दछौं।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend