logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • पर्यटन बोर्डको पुनर्संरचना तत्काल गर्न सरकारसँग माग

    पर्यटन बोर्डको पुनर्संरचना तत्काल गर्न सरकारसँग माग

    2.1K
    Shares
    पर्यटन बोर्डको पुनर्संरचना तत्काल गर्न सरकारसँग माग

    काठमाडौं । नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालले पर्यटन बोर्डको पुनर्संरचना तत्काल गर्न सरकारसँग माग गरेका छन् । उनले पर्यटन क्षेत्रलाई उद्योगको रुपका विकास गरी त्यसलाई सहुलियत दिन पनि सरकारसँग पहल गरिदिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई पटकपटक आग्रह गरे ।

    उपाध्यक्ष रिजालले नेपाल पर्वतारोहण संघलाई अल्पाईन क्लवको रुपमा विकास गर्न पनि सरकार जिम्मेवार भएर प्रस्तुत हुन नसकेको भन्दै आक्रोश व्यक्र गरे । उनले भने, ‘पर्यटन बोर्डको पुनर्संरचनाको कुरा पर्यटन क्षेत्रमा सम्बन्धित सबै संघ, संस्थाहरुले उठायौं । यो पूरा हुन सकेन । यो राज्यको गैर जिम्मेवारीपनको कारणले भएको हो भन्ने हामी सबैको निष्कर्ष हो । २०३५ को पर्यटन ऐन अहिले पनि संशोधन हुन सकेन । हाम्रा पूर्वजहरुले सुरुदेखि उठाउनु भयो । यो अहिलेसम्म बन्न सकेन । अनि हामीले अल्पाईन क्लवको रुपमा एनएमएलाई विकास गर्नका लागि पटक पटक प्रधानमन्त्रीज्यूहरुलाई, शिर्ष नेताहरुलाई सुनायौं । यसलाई अन्तराष्ट्रिय अल्पाईन क्लवको रुपमा विकास गर्नका लागि हाम्रा केही समस्या, हाम्रो केही विवाद छन । यसलाई समाधान गर्न राज्य जिम्मेवार हुनुपर्छ भनेर हामीले भन्यौं । तर, हामीलाई लडाउने काम मात्रै राज्यले गरिरह्यो । आज अन्तराष्ट्रिय क्षेत्रका सबै पर्वतीय पर्यटकीय क्षेत्रमा जुन आकर्षित छ । हामीले नो ट्रेकिङ विथआउट गाईट एण्ड पोर्टर भनेर कुरा उठायौं । तर यो कसैले सुन्नेवाला छैन । जिम्मेवार पर्यटन अथवा पर्यटन व्यवसायलाई मुलुकको महत्वपूर्ण अंग हो । हिजो अस्तीमात्र हामीले राष्ट्र बैंकको कुरा सुन्यौं । विदेशी मुद्रा अव यदि नेपालमा आएन भने हामी श्रीलंकाको हालतमा जान्छौं भनेर भनि रहनु भएको छ । यो विदेशी मुद्रा आर्जन गर्न महत्वपूर्ण क्षेत्र पर्यटन व्यवसाय नै हो । यिनीहरुले नै विदेशी मुद्रा लिएर आउँछन । हामीले सक्षम मानिसलाई विदेश पठाएर यो दिगो हुँदैन भन्दै हामी पर्यटन व्यवसायीले कुरा उठाऔं । त्यसैले पूर्व प्रधानमन्त्रीज्यू, हामी पनि तपाईहरुका सन्तान हौं । तर तपाईहरु जिम्मेवार हुनु भयो । तपाईहरुले राज्य संयन्त्रमा रहेका व्यक्तिलाई जिम्मेवारी बोध गराउन सक्नु भयो भने मात्रै हामी जिम्मेवार हुने हो । त्यसैले राज्य संयन्त्रमा रहने प्रमुख व्यक्तिहरुले प्रशासनिक संयन्त्रलाई विज्ञताको आधारमा काम अनुसार दाम, योग्यता अनुसारको काम जुन तपाईहरुले सिकाउनु भयो । तर आज त्यो कार्यान्वयन नहुँदा पर्यटन मन्त्रालय अस्तव्यस्त छ विज्ञताको अभावले । जहाँ तीनतीन महिनामा सचिव, सहसचिवहरु चेन्ज हुने । मैले फेरी पनि भने–पर्यटन क्षेत्रलाई उद्योगको रुपमा विकास गर्नुपर्छ । चाहे त्यो होटल होस्, चाहे त्यो टे«किङलाई । त्यसका लागि पर्यटन क्षेत्रले सुविधा पाउनुपर्छ । हामीले यो कुरा उठायौं तर कार्यान्वयन हुन सकेन । त्यसैले राज्यका संयन्त्रहरुलाई जिम्मेवार बनाउने काम शिर्ष नेताहरु, पूर्वप्रधानमन्त्रीहरु र प्रधानमन्त्रीको महत्वपूर्ण भूमिका हुन्छ । र हामीलाई अनुशासित बनाउन काम तपाईहरुको हुन्छ । त्यतातिर तपाईहरुले महत्वपूर्ण ध्यान दिनु भयो भने मलाई विश्वास छ–तपाईको अहिले पनि बोली बिक्छ । तपाईका कुराहरु विक्छन । हाम्रा समस्या समाधान गर्न तयार छु भनेर भन्नु भएको छ । पर्यटन बोर्डको पुनर्संरचना गर्न माग गर्दछु ।’

    उपाध्यक्ष रिजालले पर्यटन मन्त्रालयलाई नै अस्तव्यस्त बनाउने काम भईरहेको आरोप समेत लगाए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend