logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • पार्टीको निर्णय प्रधानमन्त्रीले नमाने परिणाम राम्रो हुँदैन: झलनाथ खनाल

    पार्टीको निर्णय प्रधानमन्त्रीले नमाने परिणाम राम्रो हुँदैन: झलनाथ खनाल

    3.7K
    Shares
    पार्टीको निर्णय प्रधानमन्त्रीले नमाने परिणाम राम्रो हुँदैन: झलनाथ  खनाल

     

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टीले गरेको निर्णय प्रधानमन्त्रीले कार्यन्वयन नगरे त्यसको परिणाम राम्रो नहुने बताएका छन् । पोलिटब्युरो बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीको निर्णय प्रधानमन्त्रीले कार्यन्वयन गरेर मन्त्री हेरफेर गर्नुपर्ने बताए ।

    ‘मन्त्री फेर्ने विषयमा पार्टी सचिवालयले निर्णय गरी सकेको छ । त्यसलाई पार्टी स्थायी कमिटीले अनुमोदन गरिसक्यो । आज पोलिटब्युरो त्यस विषयमा केही गरेन । केन्द्रीय कमिटीले अनुमोदन गर्ने छ’ खनालले भने, ‘पार्टीको निर्णय नमान्ने नेता कार्यकर्ता वा मन्त्री कोही हुन सक्दैन । त्यसका विरुद्ध पार्टीले आवश्यक कदम चाल्छ । कारवाही गर्छ ।’ तर, अहिलेको मन्त्री हेरफेर गर्ने परिस्थिति पार्टीका लागि चुनौतिपूर्ण बन्न पुगेको खनालले बताए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend