logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • घट्ने भयो पेट्रोलियम पदार्थको मूल्य

    घट्ने भयो पेट्रोलियम पदार्थको मूल्य

    2K
    Shares

    काठमाडौं । पेट्रोलिय पदार्थमा लागेको कर कम गरेर पेट्रोलियम पदार्थको मूल्य घटाउने सहमति भएको छ । सत्ता गठबन्धनको बैठक बसी मन्त्रिपरिषद्को बैठक बोलाएर पेट्रोलियम पदार्थमा लगाउँदै आएको कर कम गर्ने र आयल निगमलाई मुल्य घटाउन निर्देशन दिने सहमति गरेको हो ।

    प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा गठबन्धनका संयोजक एंव कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले आम नागरिकको चुल्हो नै नबल्ने अवस्था आउन लागेको भन्दै सरकारले बजारमा हस्तक्षेप गर्नुपर्ने, बजारको अनुगमन कडाइका साथ गर्नुपर्ने र पेट्रोलिय पदार्थको मूल्य पनि घटाउन पर्ने प्रस्ताव गरेका थिए ।

    पौडलको प्रस्ताव अनुसार तत्काल मन्त्रिपरिषद्को बैठक बसेर पेट्रोलियम पदार्थमा लागेको कर कम गर्ने र तेलको मूल्य घटाउन आयल निगमलाई निर्देशन दिने निर्णय भएको हो । सरकारले बजार अनुगमनलाई पनि कडाइ गर्ने सहमति गठबन्धनको बैठकमा भएको कांग्रेस वरिष्ठ नेता पौडेलले बताए ।

    पौडेलले भने, ‘मैले सरकार बजारमा हस्तक्षेप गरेर मुल्य वृद्धिलाई नियन्त्रण गर्नुपर्ने प्रस्ताव गरेको हो । खाद्य संस्थान र साल्ट ट्रेडिङमा नागरिकलाई सस्तोमा उपभोग्य सामान उपलब्ध गराउनुपर्ने अवस्था आइसकेको छ । सरकारले राज्यका सबै निकायलाई प्रयोग गरेर मूल्य वृद्धिलाई नियन्त्रण गर्नुपर्छ ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend