logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • प्रतिनिधि सभा बैठकमा मन्त्रीको प्रश्ताव पारित भएन

    प्रतिनिधि सभा बैठकमा मन्त्रीको प्रश्ताव पारित भएन

    2.3K
    Shares
    प्रतिनिधि सभा बैठकमा मन्त्रीको प्रश्ताव पारित भएन

    काठमाडौं । प्रतिनिधि सभा बैठकमा गणपुरक संख्या नपुगेका कारण मन्त्रीले राखेको प्रश्ताव पारित हुन सकेन । प्रतिनिधि सभामा गणपुरक संख्या नपुगेका कारण कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्मा (कोईराला) ले राखेको नीति, अनुसन्धान प्रतिष्ठान विधेयक २०७६ माथि विचार गरियोस् भन्ने प्रश्ताव पारित हुन नसकेको हो ।

    सभामुख अग्निप्रसाद सापकोटाले नीति, अनुसन्धान प्रतिष्ठान विधेयक २०७६ माथि विचार गरियोस् भन्ने प्रश्तावलाई निर्णयार्थ प्रश्तुत गर्न लागेपछि प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद झपट रावलले प्रतिनिधि सभा सदस्यको गणपुरक संख्या नपुगेको र यस्तो अवस्थामा प्रश्ताव पारित गर्दा नियमावली विपरित हुने भन्दै निर्णयार्थ पेस गर्नु अघि गणपुरक संख्या गणना गर्न माग गरेका थिए । उनले भने– ‘यहाँ कोरम नपुगेका हुनाले यो निर्णयार्थ पेस गरिँदैछ । हाम्रो नियमावली भन्दा विपरित भएको हुनाले निर्णयार्थ पेस हुनुभन्दा पहिले यहाँ गणना गरियोस् भन्ने कुरा म राख्न चाहन्छु ।’

    लगत्तै सभामुख सापकोटाले प्रतिनिधि सभा सदस्यहरुको गणपुरक संख्या गणना गर्न संसद सचिवालयलाई निर्देशन दिए । गणपुरक संख्या गणना हुँदा प्रश्तावलाई निर्णयार्थ पेश गर्न ६९ जना प्रतिनिधि सभा सदस्य हुनुपर्नेमा ६३ जना मात्रै सदस्यहरुको मात्रै उपस्थिति देखिएकाले गणपुरक संख्या अपुग भएको भन्दै सभामुखले आधा घण्टाका लागि बैठक स्थगित गर्नुभएको थियो । बैठक स्थगित गर्दै सभामुख सापकोटाले भने– ‘नेपालको धारा ९४ को बमोजिम कुनैपनि प्रश्न वा प्रश्ताव निर्णयार्थ पेस गर्न प्रतिनिधि सभाको एक चौथाई सदस्य उपस्थित हुनुपर्नेमा तीन मिनेट घण्टी बजाई गणपुरक संख्या यकिन गर्दा हाल यो प्रश्ताव निर्णयार्थ पेस गर्न गणपुरक संख्या ६९ हुनुपर्नेमा हाल माननीय सदस्यहरुको संख्या ६३ भएकोले उक्त गणपुरक संख्या नपुग भएको देखिएकोले यो बैठक आजै आधा घण्टाका लागि स्थगित हुन्छ ।’
    प्रतिनिधि सभा बैठकमा प्रतिनिधि सभा सदस्यहरु पूरा समय नबस्ने गरेको विषयमा विभिन्न समयमा आलोचना हुँदै आएको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend