logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • घुस लिने अमिनविरुद्ध विशेष अदालतमा मुद्दा

    घुस लिने अमिनविरुद्ध विशेष अदालतमा मुद्दा

    2.3K
    Shares
    घुस लिने अमिनविरुद्ध विशेष अदालतमा मुद्दा

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय भैरहवा, रुपन्देहीमा कार्यरत अमिन टेकबहादुर रायमाझीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार अमिन बस्नेतले जग्गाको हाल साविक गर्ने प्रयाजनार्थ सेवाग्राहीसँग ३० हजार घुस मागेको पाइएको छ ।

    आयोगको बुटवलबाट गएको टोलीले अमिन रायमाझीलाई पक्राउ गरेको थियो । आयोगले आरोपी रायमाझीलाई बिगो बमोजिमको कारबाहीको माग गरेको छ । यस्तै, आयोगले प्राकृतिक स्रोत तथा साधनको ठेक्का प्रदान गर्दा व्यवसायीसँग प्रक्रिया नपु¥याएको र पछि रद्द गरेर राज्यलाई हानी पु¥याएको अभियोगमा फतुवा विजयपुर नगरपालिका रौतहटका तत्कालीन र हालका समेत नगरप्रमुख रहेका गोपाल राय यादव तत्कालीन उपप्रमुख कान्ती देवीलगायत विभिन्न वडाका अध्यक्षले कार्यपालिकाको बैठकको निर्णय कार्यान्वयन गराउन आलटाल गरेको पाइएको छ ।

    आयोगले नगरप्रमुख, उपप्रमुखसहित विभिन्न वडाका अध्यक्षहरू विरुद्ध एक करोड ५३ लाख ५० हजार १९९ बराबरको बिगो दाबी गरेको छ । त्यस्तै, आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सागरकुमार रोका, निमित्त प्रशासकीय अधिकृत गोकुल ढुङ्गेल र रञ्जना साहविरुद्ध एक करोड ५३ लाख ५० हजार १९९ बराबरकै बिगो कायम गरिएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend