logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • मन्त्रीमण्डल हेरफेर नभए प्रधानमन्त्रीबिरुद्ध गम्भीर कदम चाल्छौँः झलनाथ खनाल

    मन्त्रीमण्डल हेरफेर नभए प्रधानमन्त्रीबिरुद्ध गम्भीर कदम चाल्छौँः झलनाथ खनाल

    3K
    Shares
    मन्त्रीमण्डल हेरफेर नभए प्रधानमन्त्रीबिरुद्ध गम्भीर कदम चाल्छौँः झलनाथ खनाल

    काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नयाँ मन्त्रीको शपथ आज नभए प्रधानमन्त्रीबिरुद्धमा गम्भीर कदम चाल्नुपर्ने बताएका छन् । आईतवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग बौल्दै सम्मानित नेता खनालले यस्तो बताएका हुन् ।

    उनले प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रीमण्डल हेरफेर गर्नुपर्ने र पार्टीका केन्द्रिय, पोलिटब्यूरो र सचिवालय बैठकले गरेको निर्णयलाई अस्वीकार गरे गम्भीर कदम चाल्ने चेतावनी दिए । सम्मानित नेता खनालले आफूसँग अब पनि मन्त्रीमण्डल हेरफेर नगरेमा प्रधानमन्त्रीबिरुद्ध गम्भीर कदम चाल्नु बाहेकको विकल्प नभएको बताए ।

    उनले भने, ‘नयाँ मन्त्रीले सकेसम्म आज शपथ खानुपर्छ । प्रधानमन्त्रीले आज कदम चाल्नुपर्छ । आजपनि कदम चाल्नु भएन, ढिला भयोभने प्रधानमन्त्रीको बारेमा पनि हामीले के गर्नुपर्ने भन्ने सोच्नुपर्छ । त्यसकारण सचिवालयले निर्णय गरेको छ, स्थायी कमिटीले निर्णय गरेको छ । पोलिटब्यूरोले निर्णय गरेको छ, केन्द्रिय कमिटीले निर्णय गरेको छ, यी सबै कुरालाई अस्वीकार गर्ने हो भने हामीले थप गम्भीर कदम चाल्नु बाहेक अर्को विकल्प छैन । हामीले निर्णय गरिसकेका छौँ । एकैपटक कार्यान्वयन हुन्छ, कार्यान्वयन जसले गर्नुहुन्छ, धन्यवाद दिन्छौँ, कार्यान्वयन नगर्नेलाई पार्टीले विधान बमोजिम काराही गर्छ ।’

    फरक प्रसंगमा सम्मानित नेता खनालले मुख्यमन्त्री फेरबदलको कुरा शुरुवाती सम्झौता बमोजिम हुने पनि बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend