logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • सवारी चालकलाई सचेतना जगाउने र अनुशासित बनाउन ट्राफिक बोर्ड

    सवारी चालकलाई सचेतना जगाउने र अनुशासित बनाउन ट्राफिक बोर्ड

    3.5K
    Shares
    सवारी चालकलाई सचेतना जगाउने र अनुशासित बनाउन ट्राफिक बोर्ड

     

    काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी चालकहरूलाई सचेतना जगाउन र स्व–अनुशासित बनाउन ट्राफिकमैत्री बोर्डहरू राख्ने अभियान आजदेखि संचालन गरेको छ । यस जनचेतनासँगै ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लङ्घन गर्ने उपर कारवाही अभियानलाई पनि तीव्रता बनाएको छ ।

    काठमाडौँ उपत्यकाको सडकहरूमा ट्राफिक नियम उल्लंघन गरे वापत लाग्ने जरिवाना सम्बन्धी लेखिएको सुचनामूलक बोर्डहरू ५७ स्थानमा राखेको छ । ‘दुर्घटना कम गर्ने र सडक अनुशासन कायम गर्न कानुनमै भए अनुसारको सचेतनाका लागि सूचना टाँस गरेका हौं।’ प्रमुख एसएसपी उमेश राज जोशीले बताए ।

    ‘बोर्डमा सवारी नियम जरिवानासम्बन्धी बिभिन्न जनचेतनामूलक कुराहरु राखेका छौ,’ उहाँले भन्नुभयो, ‘यसले सडक प्रयोग गर्नेहरुलाइ सचेत गराउने र दुर्घटना न्यूनिकरणमा सहयोग पुर्‍याउने अपेक्षा छ ।’ यस्ता बोर्डहरू माईतीघर, सिंहदरवार, पद्मोदय, पुत्तलीसडक, सीतापाईला, हलचोक, सामाखुशी, नयाँबसपार्क, माछापोखरी, बालजु, गगंबु, ग्रीनल्याण्ड, सल्लाघारी, सुर्यविनायक, जगाती, ग्वार्को, सातदोबाटो, महालक्ष्मीस्थानलगायत उपत्यकाको विभिन्न स्थानहरूमा सडकको वीच भागमा राखिएका छन ।

    ट्राफिक नियम पालना गरी सभ्य सडक संस्कृतिको विकास गरिदिनुहुन सडक प्रयोकर्ताहरूलाई ट्राफिक प्रहरीले विशेष अनुरोध गरेको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend