logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • सामाजिक खलल मच्चाउने तीज गीत सार्वजनिक गर्नेलाई कारबाही हुने

    सामाजिक खलल मच्चाउने तीज गीत सार्वजनिक गर्नेलाई कारबाही हुने

    3.6K
    Shares

    काठमाडौं । सामाजिक खलल मच्चाउने किसिमका तीज गीत सार्वजनिक गर्नेलाई कारबाही हुने भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले सामाजिक सदभावमा खलल पुर्‍याउने, अभद्र, दोहोरो अर्थ लाग्ने र अपाच्य किसिमका तीज गीत सार्वजनिक नगर्न आग्रह गरेको छ ।

    अध्यक्ष रमेश बीजीले विज्ञप्ति जारी गर्दै संस्थागत आग्रहलाई बेवास्ता गरिए साधारण सदस्यता लगायत संस्थागत सेवाबाट समेत बञ्चित गर्ने चेतावनी दिएका छन् ।

    तीज गीतमा विकृति, विसंगति र अभद्र श्रव्यदृश्य समावेश भएको गुनासो आएकाले त्यसो नगर्न प्रतिष्ठानले आग्रह गरेको हो ।

    ‘सम्पूर्ण स्रष्टा, सर्जक, गायक, गायिका, उत्पादक, रेकर्डिङ स्टुडियो, श्रव्यदृश्य निर्माणकर्ता एवं वितरकमा सामाजिक सदभावमा खलल पुर्‍याउने एवम् अभद्र र नियतवस दोहोरो अर्थ लाग्ने अपाच्य शब्द सामग्री प्रयोग गरी संस्कृति बिगार्ने खालका गीतसंगीत प्रस्तुत नगर्न नगराउन आग्रह गर्छौं ।’ विज्ञप्तीमा उल्लेख गरिएको छ ।

    तीज नजिकिँदै गर्दा पछिल्लो साता तीज सम्बन्धि गीत निर्माणको क्रममा वृद्धि भएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend