logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • विदेशी शक्ति राष्ट्रको क्रिडास्थल बन्न थालेको छ: कमल थापा

    विदेशी शक्ति राष्ट्रको क्रिडास्थल बन्न थालेको छ: कमल थापा

    3K
    Shares
    विदेशी शक्ति राष्ट्रको क्रिडास्थल बन्न थालेको छ: कमल थापा

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले नेपाल विदेशी शक्ति राष्ट्रको क्रिडास्थल बन्न थालेको बताएका छन् । काठमाडौंमा सोमवार राप्रपा नेपालका युवाहरुलाई सम्बोधन गर्दै अध्यक्ष थापाले लोकतन्त्र स्थापनाको १६ वर्षमा देशको अवस्था फर्केर पुरानै अवस्थामा आइपुगेको बताए ।

    उनले पछिल्लो समय देशको राजनीति केही राजनैतिक दलका नेताहरुको कब्जामा रहेको बताए । अध्यक्ष थापाले देशलाई आफ्नो मुठीमा लिएका केही नेताहरुले सर्वसत्तावाद लाद्न थालेको आरोप लगाए । दलका नेताहरुको कारण राष्ट्रियतासमेत खतरामा परेको बताए । कमजोर बनिरहेको राष्ट्रियतामा विदेशी शक्ति केन्द्रको चलखेल र प्रभाव बीरहेको बताए । उनले नेपाल विदेशी शक्तिको रणनैतिक प्रतिष्पर्धास्थल बनेको बताए ।

    अध्यक्ष थापाले नेपालमा धर्म परिवर्तन डढेलो जसरी फैलिरहेको बताए । यसले नेपालीको एकताको आधार भत्काउन थालेको बताए । यस्तै अध्यक्ष थापाले आगामी संघीय निर्वाचनमा राप्रपा नेपाललाई जसरी पनि राष्ट्रिय पार्टी बनाउने गरेर काम गर्नुपर्ने बताए । राप्रपा नेपालका कार्यकर्ताले मिहेनत गरेर भएपनि ३ प्रतिशतको थ्रेसहोल्ड कटाएर पार्टीलाई राष्ट्रिय पार्टी बनाउने गरी सबैले प्रचार प्रसार अभियान थाल्नुपर्ने बताए ।

    राप्रपा नेपालले प्रदेश स्तरीय स्वयंसेवकमार्फत पार्टीका एजेण्डाहरुलाई जनतामाझ लैजान एकदिने प्रशिक्षण दिएको छ । यसरी खटिने स्वयंसेवकले वडा स्तरमा समेत कमिटी गठन गर्ने, भेला गर्ने, प्रचारप्रसार गर्ने र संगठन निर्माण गर्ने केन्द्रिय प्रशिक्षण विभाग प्रमुख सुशील श्रेष्ठले जानकारी दिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend