logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • पछिल्लो समय देशको राजनीति केही राजनैतिक दलका नेताहरुको कब्जामा छ: कमल थापा

    पछिल्लो समय देशको राजनीति केही राजनैतिक दलका नेताहरुको कब्जामा छ: कमल थापा

    3.2K
    Shares
    पछिल्लो समय देशको राजनीति केही राजनैतिक दलका नेताहरुको कब्जामा छ: कमल थापा

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले देशको राजनीति केही राजनैतिक दलका नेताहरुको कब्जामा रहेको बताएका छन् । काठमाडौंमा सोमवार राप्रपा नेपालका युवाहरुलाई सम्बोधन गर्दै अध्यक्ष थापाले यस्तो बताएका हुन् ।

    उनले पछिल्लो समय देशको राजनीति केही राजनैतिक दलका नेताहरुको कब्जामा रहेको बताए । अध्यक्ष थापाले देशलाई आफ्नो मुठीमा लिएका केही नेताहरुले सर्वसत्तावाद लाद्न थालेको आरोप लगाए । दलका नेताहरुको कारण राष्ट्रियतासमेत खतरामा परेको बताए । कमजोर बनिरहेको राष्ट्रियतामा विदेशी शक्ति केन्द्रको चलखेल र प्रभाव बीरहेको बताए । उनले नेपाल विदेशी शक्तिको रणनैतिक प्रतिष्पर्धास्थल बनेको बताए ।

    अध्यक्ष थापाले नेपालमा धर्म परिवर्तन डढेलो जसरी फैलिरहेको बताए । यसले नेपालीको एकताको आधार भत्काउन थालेको बताए । यस्तै अध्यक्ष थापाले आगामी संघीय निर्वाचनमा राप्रपा नेपाललाई जसरी पनि राष्ट्रिय पार्टी बनाउने गरेर काम गर्नुपर्ने बताए । राप्रपा नेपालका कार्यकर्ताले मिहेनत गरेर भएपनि ३ प्रतिशतको थ्रेसहोल्ड कटाएर पार्टीलाई राष्ट्रिय पार्टी बनाउने गरी सबैले प्रचार प्रसार अभियान थाल्नुपर्ने बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend