logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • एन आई सी एशिया बैंक: प्रदेश १ का प्रमुख शहरमा वृहत रुपमा क्यूआर भुक्तानी सेवा वितरण गरिदैं

    एन आई सी एशिया बैंक: प्रदेश १ का प्रमुख शहरमा वृहत रुपमा क्यूआर भुक्तानी सेवा वितरण गरिदैं

    2.9K
    Shares
    एन आई सी एशिया बैंक: प्रदेश १ का प्रमुख शहरमा वृहत रुपमा क्यूआर भुक्तानी सेवा वितरण गरिदैं

     

    काठमाडौं । ‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप सम्पूर्ण बैंकिङ्ग सेवा तथा सुविधाहरू क्रमिक रुपले डिजिटल माध्यमबाट प्रदान गर्ने रणनीति लिएको एन आई सी एशिया बैंकले डिजिटल भुक्तानी प्रबद्र्धन गर्नका लागि प्रदेश १ स्थित मोरङ्ग जिल्लाको विराटनगर शाखाबाट धेरै संख्यामा क्यूआर कोड वितरण शुरु गरेको छ । बैंकले उक्त ठाउँमा ४०० वटा अटो रिक्सा एवं सिटी सफारी जस्ता सवारी साधनहरुमा क्यूआर कोड वितरण गरेको हो ।

    बैंकले एक कार्यक्रमका बीच बैंकका प्रदेश १ का प्रमुख विकास खरेलले यस क्षेत्रमा डिजिटल कारोबार बढाउन नगर क्षेत्र भित्र रहेका ४०० भन्दा वढि इ–रिक्सा सदस्यहरुलाई उक्त क्यूआर भुक्तानी सेवा वितरण गर्नुभएको हो । यसरी क्यूआर कोड सेवा लिन बैंककोे सर्वश्रेष्ठ सहज बचत खाता खोल्नुभएका निज ग्राहक महानुभावहरुलाई बैंकले शुन्य मौज्दातमै १ वर्षको निमित्त रु. १० लाख रकम बराबरको दुर्घटना बीमा समेत उपलब्ध गराएको छ ।

    ‘क्यूआर सेवाबाट कारोबार गर्दा समग्र नगर क्षेत्रमा डिजिटल कारोबारलाई बढाउन टेवा मिल्नेमा हामी विश्वस्त छौं,’ बैंकका प्रदेश १ प्रमुख विकास खरेलले भन्नुभयो, ‘साथै बैंकले दिन लागेको निःशुल्क १० लाख रुपैयाँको दुर्घटना बीमाले यातायात सेवा प्रदायकलाई भविष्यमा आइपर्न सक्ने भवितब्यलाई मलम लगाउन समेत ठूलो सहयोग मिल्नेछ । क्यूआर वितरण कार्यक्रममा बोल्दै विराटनगर उप–प्रादेशिक प्रमुख दिवाकर भट्टराईले यसरी क्यूआर कोडबाट डिजिटल भुक्तानी लिई बैंकमा बचत गर्दा आम्दानीको उचित सदुपयोग हुने बताउनु भयो ।

    बैंकले थालेको क्यूआर कोड वितरण अभियानले विराटनगर क्षेत्रमा रहेका यातायात सेवाहरुमा डिजिटल कारोबार गर्दा नगद कारोबारमा जस्तो खुद्रा रकमको जोहो गर्न नपर्ने हुँदा यसबाट सवारी साधन प्रयोगकर्ता एवं सेवा प्रदायकलाई खुद्रा रकमको झन्झटबाट समेत मुक्ति मिल्ने विश्वास बैंकले लिएको छ ।

    बैंकले नेपाल सरकारको नगदरहित कारोबार बढाउने रणनीतिलाई पछ्याउदै देशका हरेक क्षेत्रमा बढी भन्दा बढी क्यूआर भुक्तानी सेवा वितरण गर्ने अभिलाषा लिइरहेकोमा प्रदेश १ का विरटनगर, इटहरी, धरान, दमक, विर्तामोड लगायतका क्षेत्रमा २५०० वटा भन्दा बढी क्यूआर कोड वितरण गर्ने तयारी गरिरहेको छ ।

    बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर रहेका ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब रू.३ अर्ब १६ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ । जुन मुलुकको वाणिज्य बैंकहरूमध्ये दोस्रो धेरै एवं समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैठौं ठूलो योगदान रहेको छ । वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend