logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • काँग्रेस समाजवादमा आए स्वागत गर्न तयार छौँ: झलनाथ खनाल

    काँग्रेस समाजवादमा आए स्वागत गर्न तयार छौँ: झलनाथ खनाल

    2.8K
    Shares
    काँग्रेस समाजवादमा आए स्वागत गर्न तयार छौँ: झलनाथ खनाल

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले नेपाली काँग्रेसलाई समाजवादको यात्रातर्फ आउन आग्रह गरेका छन् । सोमवार नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानद्वारा आयोजित ‘नेपालमा समाजवाद ः चुनौती र सम्भावना’ विषयक विचार गोष्ठिमा बोल्दै सम्मानित नेता खनालले नेपाली काँग्रेसलाई वामपन्थीहरुसँग मिलेर समाजवादको यात्रातर्फ आउन आग्रह गरेका हुन् ।

    उनले काँग्रेस समाजवादमा आए स्वागत गर्न तयार रहेको बताए । उनले काँग्रेस समाजवादमा नआउने हो भने समाजवादको पक्षधरहरु मिल्नुपर्ने धारणा राखे । नेता खनालले गठबन्धन संसद विघटनको बिरुद्धमा उभिएर संविधान बचाउन सफल भएको भन्दै आगामी दिनमा कुनैपनि प्रधानमन्त्रीले संसद विघटन गर्न नसक्ने बताए । उनले प्रतिपक्ष दल नेकपा(एमाले)ले स्थानीय निर्वाचन पछाडी बिना शर्त संसद चल्न दिनु वाम लोकतान्त्रिक गठबन्धनको विजय भएको उल्लेख गरे ।

    उनले भने– ‘अब त संविधान त बच्यो त । अब संविधानलाई तलमाथि गर्न कसैले सक्छ ? अब आँट गर्दैन । यो देशको कुनै प्रधानमन्त्रीले पनि फेरी म संसद विघटन गर्छु भनेर खड्गप्रसाद शर्मा ओलीको बाटो हिँड्नेवाला छैन । हिँड्न सक्दैन । अब गाह्रो छ । संसद पुनस्र्थापना त ग¥यौँ तर चल्दै चल्दैन । खड्गप्रसाद शर्मा ओलीजी यसलाई असफल बनाउन लाग्नु भो । तर स्थानीय तहको निर्वाचनपछि आएपछि उहाँपनि सिताङ्ग हुनुभयो । भित्रभित्रै त महशुस भयो होला यो गल्ती नै भो भन्ने । त्यसपछि उहाँले चुपचाप, बिना शर्त फेरी संसद चल्न थाल्यो । यो वाम लोकतान्त्रिक गठबन्धनको विजय हो । यो वाम लोकतान्त्रिक गठबन्धन कहिलेसम्म जान्छ त ? यो प्रश्न बडा जटिल छ । अब प्रष्ट रुपले समाजवादको यात्रातर्फ अगाडी बढौँ । नेपाली काँग्रेसपनि समाजवादकै यात्रातर्फ लाग्छौँ, हामी वामहरु सँग मिलेरै जान्छौँ भन्नुहुन्छ भने स्वागत छ । तर अब उहाँहरु चाहीँ हामी त अलि यस्तै उस्तै हो कहिलेकाहीँ प्रजातान्त्रिक समाजवाद भन्छौँ १२ सालमा वि.पि.ले ल्याइदिनु भो । अब म एकजना त छु नि रामचन्द्र पौडेल यो कुरा भन्ने अरुले बिर्सिहाले भन्नुहुन्छ भने अब जो जो समाजवादको पक्षमा तयार छौँ उहाँहरुले अगाडी बढेर जानुप¥यो ।’

    उनले वर्तमान निर्वाचन प्रणाली खर्चिलो भएकाले यस्तो निर्वाचन प्रणाली अपनाएर समाजवादको बाटोमा जान कठिन हुने बताए । उनले एक करोड रुपैयाँ नभई निर्वाचन लड्न नसक्ने अवस्था आएको भन्दै निर्वाचन प्रणालीमा आमुल परिवर्तन गर्नुपर्ने बताए । उनले आम श्रमिक जनताले चुनाव लड्नसक्ने व्यवस्था बनाउनुपर्नेमा जोड दिए ।

    सम्मानित नेता खनालले नेपाली काँग्रेसका महामन्त्री गगन थापाप्रति लक्षित गर्दै अमेरिकी सेना नेपाल आएमा चारपाटा मोडियोस् भन्नेहरु कहाँ छन् भन्ने प्रश्न गरे । उनले सो कुरा संसदमा सोध्न बाँकी रहेको पनि बताए । उनले अमेरिकासँगको एसपीपी सम्झौता रोकेर नेपालको राष्ट्रियता जोगिएको बताए ।

    उनले भने– ‘कतिपयले मलाई चारपाटा मोडेर निकाल्नु अमेरिकन सेना यही आयो भने भनेका थिए । आज ति चारपाटा मोडियोस् भन्नेहरु कहाँ छन् ? त्यो डकुमेन्टले देखाएन ? मैले संसदमा सोध्न बाँकी नै छ यो कुरा । एसपीपी आयो तर रोकियो । नेपालका पहाडहरुमा अमेरिकी सेना परेड खेल्नबाट रोकियो । अलिकति भए पनि हाम्रो देशको राष्ट्रियता जोगियो ।’
    उनले एसपीपी सम्झौता गरेको भए नेपालको असंलग्न परराष्ट्र नीति र एक चीन नीतिको विपरित हुने उल्लेख गरे ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend