logo

२०८१ बैशाख १८ मंगलबार

logo
  • मंगलबार, १८ बैशाख २०८१
  • सान एन्टोनियोमा निसास्सिएर ४६ जनाको मृत्यु

    सान एन्टोनियोमा निसास्सिएर ४६ जनाको मृत्यु

    3.8K
    Shares
    सान एन्टोनियोमा निसास्सिएर ४६ जनाको मृत्यु

    रासस/एएनआई । टेक्सास राज्यको सान एन्टोनियोमा निसास्सिएर ४६ जना आप्रवासीको मृत्यु भएको छ भने गम्भीररूपमा बिरामी भएका १६ जनालाई अस्पताल भर्ना गरिएको छ । यद्यपि उनीहरूको मृत्यु निसास्सिएर भएको पुष्टि भएको छैन ।

    मेक्सिकोका आप्रवासी ट्रकमा निसास्सिएर मरेका अमेरिकी अधिकारीहरूले बताएका छन् । उक्त ट्रक शहरको दक्षिणपश्चिममा रहेको रेलमार्ग नजिक भेटिएको हो । आद्र्रतायुक्त उच्च तापक्रमका कारण उनीहरूलाई श्वासप्रश्वासमा समस्या भएको अनुमान गरिएको छ । सोमबार सान एन्टोनियोको तापक्रम ३९।४ डिग्री सेल्सियस मापन गरिएको थियो ।

    सोमबार साँझ घटनास्थलबाट सहायताका निम्ति आग्रह भएपछि सुरक्षा अधिकारी परिचालन गरिएको सान एन्टोनियोका प्रहरी प्रमुख बिल म्याकमासले बताएका छन् । उनले मृतकहरू मेक्सीकोका नागरिक भएनभएको यकिन नभएको जनाएका छन् । सान एन्टोनियोका नगर प्रमुख रोन निरेनवर्गले घटनालाई ‘भयानक मानवीय त्रासदी’ भनेका छन् ।

    गम्भीररूपमा बिरामी भएकामा १२ जना वयस्क र चारजना बालबालिका छन् । सुरक्षा अधिकारीहरूका अनुसार उद्धार गर्दा उनीहरूको शरीर ज्यादै तातो थियो । ट्रकको ढोका अलिकति मात्र खुला रहेको र भित्र जाँदा लाश मात्र देखिएको पनि उनीहरूले जनाएका छन् । मेक्सिकोको विदेश मन्त्रालयका अधिकारी घटनास्थलतर्फ प्रस्थान गरेका बताइएको छ ।

    टेक्सासका गभर्नर ग्रेग एबोटले राष्ट्रपति बाइडेनको घातक खुला सीमा नीतिका कारण उक्त घटना भएको ट्वीटरमा टिप्पणी गरेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend