logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • नागरिकतासम्बन्धी विधेयक छिट्टै पारित हुन्छ: कानुनमन्त्री कोइराला

    नागरिकतासम्बन्धी विधेयक छिट्टै पारित हुन्छ: कानुनमन्त्री कोइराला

    2.3K
    Shares
    नागरिकतासम्बन्धी विधेयक छिट्टै पारित हुन्छ: कानुनमन्त्री कोइराला

     

    काठमाडौं । कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले नागरिकतासम्बन्धी विधेयक छिट्टै पारित हुने बताएका छन् । ६४ औं संसद दिवसका अवसरमा बिहीबार पूर्व सांसद मञ्च नेपालले काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै उनले नागरिकतासम्बन्धी विधेयक छिट्टै पारित हुने बताएका हुन् ।

    कोइरालाले संसदलाई क्रियाशील बनाउन केही सांसदको भूमिका देखिएको बताए । प्रेम सुवाल, सुवास नेम्वाङको भूमिका संसदलाई क्रियाशील बनाउन प्रभावकारी रहेको उनको भनाई थियो । उनले पूर्व सांसद मञ्चले संसदीय क्रियाकलापको समीक्षा गर्ने र संसदको वाचडगको भूमिकामा रहनुपर्ने बताए ।

    संसदको अभ्यास पश्चिमा देशबाट सुरू नभई पूर्वीय सभ्यताबाट सुरू भएको उल्लेख गरे । उनले बुद्धको पालामा नेपालमा संघको व्यवस्था गरिएको र हिन्दु धर्ममा पनि सभाको व्यवस्था रहेको बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend