ब्राजिलियन स्टार खेलाडी नेयमारले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पीएसजीसँगको सम्झौता लम्ब्याउने योजना बनाएका छन् । डेली मेलका अनुसार पीएसजीसँग नेयरमारले सन् २०२७ सम्मको सम्झौता गर्ने योजना बनाएका छन् ।
३० वर्षीय नेयमार सन् २०१७ को अन्त्यतिर क्याटलान क्लब बार्सिलोनाबाट कीर्तिमानी मुख्य २०० मिलियन पाउन्डमा पीएसजी आएका हुन् । तर पीएसजीले भने नेयमारलाई बेच्नका लागि कीर्तिमानी मूल्यको अफर खोजिरहेको छ ।
पछिल्लो सयम प्रिमियर लिग क्लब चेल्सीसँग नेयमारको चर्चा चल्न थालेको छ । चेल्सीले नेमारलाई किन्न चाहेपनि रकम नमिल्दा दुई क्लबको कुरा नमिलेको हो ।
पीएसजीमा अहिले अर्जेन्टिनी स्टार लियोनल मेस्सी छन् । त्यस्तै फ्रेन्च युवा स्टार केलियन एम्बाप्पेले पनि क्लबसँग सम्झौता नवीकरण गरिसकेको छ ।
पीएसजीले लगातार दुई सिजन च्याम्पियन्स लिग फुटबलको उपाधि जित्न नसक्दा क्लबका केही ठूला खेलाडीलाई बेच्ने योजना बनाएको हो ।