logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • गठबन्धन सरकारले देशमा राजनीतिक अस्थिरता पैदा गर्योः कमल थापा

    गठबन्धन सरकारले देशमा राजनीतिक अस्थिरता पैदा गर्योः कमल थापा

    2.5K
    Shares
    गठबन्धन सरकारले देशमा राजनीतिक अस्थिरता पैदा गर्योः कमल थापा

     

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले गठबन्धन सरकारले देशमा राजनीतिक अस्थिरता पैदा गरेको आरोप लगाएका छन् । शनिवार काठमाडौंमा आयोजित उपत्यका स्तरीय संयोजित संगठनहरुको भेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले यस्तो बताएका हुन् ।

    उनले सर्वोच्चको परामादेशबाट गठन भएको गठबन्धन सरकारले देशमा राजनीतिक अस्थिरता पैदा गरेको बताए । अध्यक्ष थापाले पार्टीहरुको स्वार्थ परिपूर्तिको निमित्त ६÷६ महिनामा पार्टी परिवर्तन गर्ने अस्थिरताको सिर्जना काम भइरहेको बताए । उनले यस किसिमका विकृति र विसंगतिलाई हटाउन नेपालमा जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुने व्यवस्था हुनुपर्ने माग गरे । अध्यक्ष थापाले मन्त्री हुन सांसद हुनु अनिवार्य नहुने र दुईपटक भन्दा बढी एउटै व्यक्ति प्रधानमन्त्री हुन नपाउने व्यवस्था लागू हुनुपर्ने बताए ।

    उनले भने, ‘सरकारले स्थायित्वको अनुभुति दिन सकेको छैन । सरकार गठन भए यता देशमा राजनीतिक स्थिरताको अनुभुति जनताले गर्न सकेका छैनन् । रातदिन झगडा छ । पार्टीहरुको स्वार्थ परिपूर्तिको निमित्त ६/६ महिनामा पार्टी परिवर्तन गर्ने अस्थिरताको सिर्जना अहिले भइरहेको छ । यो विकृतिको अन्त्यका निमित्त राप्रपा नेपालले यस्तो खालको संसदीय व्यवस्था उपयुक्त हुँदैन भनेर जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुने व्यवस्था हुनुपर्छ । मन्त्री हुन सांसद नै हुनुपर्छ भन्ने हुँदैन । दुईपटक भन्दा बढी एउटै व्यक्ति प्रधानमन्त्री हुन नपाउने व्यवस्था गर्नुपर्छ ।’

    अध्यक्ष थापाले मन्त्रीको प्रलोभन दिएर र पैसा खर्च गरेर मन्त्री प्रधानमन्त्री हुने व्यवस्थाले नेपालको हीत गर्न नसकेको पनि बताए । उनले व्यापारी र विदेशीबाट उठाएको पैसाले चुनाव लड्ने प्रवृतिको अन्त्य हुनुपर्ने बताउनु भयो । अध्यक्ष थापाले प्रदेश सरकारमा पनि व्यापक विकृति र विसंगति हुन थालेको बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend