logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • आगामी आर्थिक वर्षमा आर्थिक वृद्धिदर ८ प्रतिशत हुन सक्दैन: पूर्वअर्थमन्त्री खतिवडा

    आगामी आर्थिक वर्षमा आर्थिक वृद्धिदर ८ प्रतिशत हुन सक्दैन: पूर्वअर्थमन्त्री खतिवडा

    3.8K
    Shares
    आगामी आर्थिक वर्षमा आर्थिक वृद्धिदर ८ प्रतिशत हुन सक्दैन: पूर्वअर्थमन्त्री खतिवडा

     

    काठमाडौं । पछिल्लो समय मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको चर्चा बजारमा छ । अर्थतन्त्रका समग्र सूचकले पनि अर्थतन्त्र संकटोन्मुख हुँदै गएको देखाइरहेको छ ।

    चालु आर्थिक वर्षको शुरुवातसँगै बजारमा आएको तरलता अभावको समस्या बढ्दै गएको छ । विदेशी मुद्रा सञ्चिति साढे ६ महिनाको वस्तु आयात धान्नसक्ने मात्रै छ । आगामी आर्थिक वर्षमा सरकारले ८ प्रतिशतको आर्थिक वृद्धि गर्ने लक्ष्य राखेको छ । अर्थविद्हरुले सरकारले मुलुकभित्र नै उत्पादनमा वृद्धि गर्न नसके अर्थतन्त्रमा थप चुनौती थपिँदै जाने बताउँदै आएका छन् । सरकारले आयात नियन्त्रण गर्न नसके नेपाल पनि श्रीलंकाको पदचापमा जानसक्ने चेतावनी अर्थविद्हरुले दिइरहेका छन् ।

    अर्थविद्हरुले अर्थतन्त्रमा थप चुनौतीहरु बढ्दै जाने भनिरहेको अवस्थामा पूर्व अर्थमन्त्री डा.युवराज खतिवडाले पनि चुनौतीपूर्ण अवस्थामा रहेको अर्थतन्त्रमा थप जटिलताहरु थपिँदै गएको बताएका छन् । शनिवार काठमाडौंमा मदन भण्डारी बौद्धिक मञ्चद्वारा आयोजित संकटोन्मुख अर्थतन्त्र र आगामी आर्थिक वर्ष ०७९÷०८०को बजेट विषय अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वअर्थमन्त्री खतिवडाले यस्तो बताएका हुन् ।

    उनले निर्माण सामग्री,पेट्रोलियम पदार्थ, बैंकको ब्याजदर,यातायात ढुवानी भाडासमेत बढ्दै गएकाले अर्थतन्त्रमा चुनौतीहरु थपिँदै जाने बताए । पूर्व अर्थमन्त्री खतिवडाले सरकारले आगामी आर्थिक वर्षमा आयात प्रतिस्थापन गरेर निर्यातलाई दोब्बर गर्ने नीति ल्याएको भने पनि सम्भव नभएको दाबी गरे । उनले हरेक चिजको मूल्यवृद्धि हुँदै गएकाले हाम्रो कुनैपनि उत्पादनमा प्रतिष्पर्धा नहुने भएकाले निर्यात दोब्बर हुन नसक्ने बताए ।

    उनले भने,‘ अर्थतन्त्रमा जटिलता थपिँदै छ । जसमा निर्माण क्षेत्रमा २७ प्रतिशतले निर्माण सामग्रीको मूल्य बढेको छ । पेट्रोलिय पदार्थको साढे ७० प्रतिशतले बढी सकेको छ । निर्माण सामग्रीको मूल्य यसरी बढी रहँदा निर्माण सामग्रीको मूल्य नबढ्ने गरी गरिएको व्यवस्था भनिरहँदा झन मूल्य किन बढ्छ । २७ प्रतिशतले निर्माण सामग्रीको मूल्य बढ्ने बैंकको ब्याजदर बढ्ने,यातायात ढुवानी बढ्ने अनि हाम्रो उत्पादन कस्तो होला ? अर्को वर्ष हाम्रा कतिपय उत्पादन प्रतिष्पर्धी नै हुँदैनन् । निर्यात दोब्बर कहाँबाट हुन्छ । हामी कुन नयाँ चिज निर्यात गर्दैछौं र निर्यात दोब्बर गर्छौं भनेर हुन्छ ।’

    पूर्वअर्थमन्त्री खतिवडाले आगामी आर्थिक वर्षमा आर्थिक वृद्धिदर ८ प्रतिशत हुन नसक्ने दाबी गरे । उनले आगामी आर्थिक वर्षमा ८ प्रतिशत आर्थिक वृद्धि हुदाँ धेरै आयात गर्नुपर्ने बताए । डा.खतिवडाले वर्तमान सरकारले पाँच वर्षमा मुलुकको व्यापार सन्तुलन ल्याए सबैले सम्मान गर्र्ने बताए । उनले आर्थिक वृद्धिदर ५ प्रतिशत माथि जाने बित्तिकै व्यापार घाटामा दबाब पर्ने अवस्था रहेको बताए ।

    उनले भने,‘३ खर्ब बढी शोधानान्तर घाटा हुने सरकारले ८ प्रतिशतको आर्थिक वृद्धिदर अर्को वर्ष गदैछ । यदि ८ प्रतिशतको आर्थिक वृद्धि पुग्ने अवस्था आयो भने वाह्य क्षेत्र असन्तुलन अहिलेको भन्दा दोब्बर खराब हुँदै जान्छ । यो कुरो सरकारले हेक्का राखे हुन्छ ।’

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend