logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • प्रशारणसम्बन्धि आचारसंहिता एक हप्ता भित्रै अनुभूति हुनेगरी कार्यान्वयनमा लैजान विज्ञापन बोर्डलाई निर्देशन

    प्रशारणसम्बन्धि आचारसंहिता एक हप्ता भित्रै अनुभूति हुनेगरी कार्यान्वयनमा लैजान विज्ञापन बोर्डलाई निर्देशन

    2.6K
    Shares
    प्रशारणसम्बन्धि आचारसंहिता एक हप्ता भित्रै अनुभूति हुनेगरी कार्यान्वयनमा लैजान विज्ञापन बोर्डलाई निर्देशन

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विज्ञापन उत्पादन, वितरण, प्रकाशन तथा प्रशारणसम्बन्धि आचारसंहिता एक हप्ता भित्रै अनुभूति हुनेगरी कार्यान्वयनमा लैजान विज्ञापन बोर्डलाई निर्देशनदिएका छन् । विज्ञापन बोर्डले आईतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा सो आचारसंहिता सार्वजनिक गर्दै मन्त्री कार्कीले एक हप्ता भित्र अनुभूति हुनेगरी त्यसलाई कार्यान्वयनमा लैजान निर्देशन दिएका हुन् ।

    उनले विज्ञापन क्षेत्रलाई स्वस्थ र मर्यादित बनाउनका लागि जारी गरिएको सो आचारसंहिताको प्रभावकारी कार्यान्वयन नभएसम्म त्यसलाई ऐतिहासिक र महत्वपूर्ण भन्न नसकिने पनि स्पष्ट पारे । सरोकारवाला पक्षहरुसँग धेरै छलफलपछि जारी गरिएको सो आचारसंहिताले विज्ञापन क्षेत्रमा देखिएको अस्वस्थ प्रतिस्पर्धा, विकृति र विसंगतिको अन्त्य गर्दै समाजलाई पनि लाभान्वित बनाउने मन्त्री कार्कीले विश्वास व्यक्त गरे । उनले सो आचारसंहिता कार्यान्वयनमा कुनै व्यवधान खडा भए आफ्नो मन्त्रालय त्यसलाई तत्काल हटाउन लागिपर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

    मन्त्री कार्कीले भने, ‘आज हामीले आचार संहिता जारी गरेका छौं । मैले लक्ष्मणजीलाई आचार संहिताको कुरा गर्दाखेरी उहाँलाई मैले हरेक पटक भनेको छु–र अहिले पनि भन्छु–यो आचारसंहिता जारी गर्दैगर्दाखेरी यो प्रभावकारी पनि हुनुप¥यो । यो आचारसंहिता लागू हुनुप¥यो । र, त्यसका निमित्त जति धेरै विचारविमर्श, छलफल सम्बन्धित पक्षसँग हुन्छ, त्यत्तिनै यो कार्यान्वयनमा सजिलो हुन्छ भन्ने मैले उहाँलाई सुझाव दिएको थिँए । मलाई लाग्छ, धेरै छलफल पछि यो आचारसंहिता आएको छ । र, यो आचारसंहितालाई ऐतिहासिक पनि भन्नु भयो । म त्यतिखेर यसलाई ऐतिहासिक भन्छु–अहिले हामी प्रारम्भ मात्रै गर्दैछौं । हामी सुरुवात गर्दैंछौं । यो ३८ पेजको छ । यो आचारसंहितामा अहिले विज्ञापन क्षेत्रमा देखिएको अस्वस्थ प्रतिस्पर्धा, विसंगति र विकृतिहरुलाई अन्त गर्दै यसले यो क्षेत्रलाई मात्रै होईन् समाजलाई पनि लाभान्वित गर्न सक्यो भने यो ऐतिहासिक हुन सक्दछ । होईन भने हामीहरुले शब्दहरु खर्चेर मात्रै यसको प्रभावकारिता हुन सक्दैन । र, मलाई विश्वास छ । यो प्रभावकारी हुनेछ । ऐतिहासिक पनि हुनेछ भन्ने मैले आशा लिएको छु । विज्ञापन क्षेत्रलाई स्वच्छ र मर्यादित बनाउनका लागि आज जारी आचारसंहिताले अर्को हप्तादेखि नै समाजमा प्रभाव दिन सकोस् । मेरो त्यो शुभकामना छ । अहिले देखिएका जुन अस्वस्थ प्रतिस्पर्धा छन । विकृति छन, विसंगति छन । तिनीहरुलाई एकैदिनमा यही आचारसंहिताले अन्त्य गर्छ भनेर भनियो भने त्यो एकांकी हुन सक्दछ । तर, त्यस दिशामा यो प्रभावकारी हुन सक्यो भने हामीले जारी गरेको यो आचारसंहिताको ओझ र महत्व रहनेछ । म यो मन्त्रालयको राजनीतिक नेतृत्व सम्हालेको नेतृत्वको हैसियतले भन्न चाहन्छु–यो आचारसंहिता प्रारम्भ भएको दिनदेखि जुन ठाउँमा अप्ठयारा आउँछन, जुन ठाउँमा अस्पष्टता आउँछन र जसले अगाडि बढनका निमित्त व्यवधान खडा गर्छ । त्यसलाई तुरुन्त निराकरण गर्नका निमित्त यो मन्त्रालय तपाईहरुको साथ रहनेछ भन्ने कुरा यहाँहरुलाई विश्वास दिलाउन चाहन्छु । अहिले हाम्रो समस्या नीतिमा छैन । अहिले हाम्रो समस्या कार्यान्वयनमा छ । हामी के चाहन्छौं– यो आचारसंहिता अरुलाई लागोस् मलाई चाँही नलागोस् । हामी कानुनको बाटोमा र सुशासनको बाटोमा गयौ भने देखि यो जसरी अरुलाई लाग्छ, त्यसरी मलाई पनि लाग्नु पर्दछ भन्ने मानसिकताका साथ हामी अगाडि बढयौं भनेदेखि हामीले जारी गरेको आचारसंहिता निश्चियनै प्रभावकारी हुन सक्दछ । आज जति देशहरु विकसित छन । आज जति देशहरु सभ्य छन । र, सुन्दर पनि छन । ती देशहरुको हामीले परिपाटीलाई हे¥यौं भने देखि ती देशहरुमा अनुशासन पहिलो प्राथमिकतामा छ । तर अनुशासन स्वतन्त्रतालाई खोसेर अनुशासनको कुरा होईन । स्वतन्त्रता र अनुशासनलाई साथसाथ हामीले अगाडि बढाउन सक्यौ भनेदेखि हाम्रो देशलाई पनि हामी चाँडै नै सभ्य, सुन्दर देशको रुपमा विकसित गर्न सक्छौं । यस दिशामा आजको दिनले हामी सबैलाई प्रेरित गरोस् । र, यसको प्रभावकारिता एक हप्ता अनुभूति गर्नेगरी हुन सकोस््््््् भन्ने कुरा राख्न चाहन्छु ।’

    मन्त्री कार्कीले मुलुकलाई चाँडै सभ्य र सुन्दर बनाउन स्वतन्त्रता र अनुशासनलाई सँगसँगै अघि बढाउनुपर्ने आवश्यक्ता समेत औंल्याए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend