logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • विज्ञापन बजारमा देखिएका विसंगति समाधान दिने गरी आचारसंहिता कार्यान्वयन गर्न विज्ञापन बोर्डलाई आग्रह

    विज्ञापन बजारमा देखिएका विसंगति समाधान दिने गरी आचारसंहिता कार्यान्वयन गर्न विज्ञापन बोर्डलाई आग्रह

    2.1K
    Shares
    विज्ञापन बजारमा देखिएका विसंगति समाधान दिने गरी आचारसंहिता कार्यान्वयन गर्न विज्ञापन बोर्डलाई आग्रह

    काठमाडौं । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले विज्ञापन बजारमा देखिएका विसंगतिहरुलाई समाधान दिने गरी सो आचारसंहिता जारी गरिएको उल्लेख गर्दै त्यसको कार्यान्वयनमा केन्द्रित हुन विज्ञापन बोर्डलाई आग्रह गरेका छन् । उनले सो आचारसंहिता कार्यान्वयनमा जटिलता आए त्यसलाई सहज ढंगले सम्बोधन गर्न पनि विज्ञापन बोर्डलाई सुझाव दिए ।

    अध्यक्ष पोखरेलले भने, ‘विज्ञापन बजारमा देखिएको विसंगतिहरुलाई सम्बोधन गर्न सक्ने समाधानमुखि एउटा आचारसंहिता तयार भएको छ । त्यसलाई कार्यान्वयन गर्ने सन्दर्भमा केही जटिलताहरु आउलान । त्यसलाई विज्ञापन बोर्डले सहजीकरण गर्दै कार्यान्वयनमा लैजानुपर्ने हुन्छ । सञ्चार संस्थाहरु टिकाउका लागि पनि विज्ञापन क्षेत्रलाई स्वस्थ र मर्यादित बनाउनुपर्ने भएकाले यसका लागि सो आचारसंहिता जारी भएकाले सोही अनुसार विज्ञापन बोर्डले कार्यान्वयन गर्नेछ ।’

    विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईँले विज्ञापन क्षेत्रमा देखिएका सबै खालका विकृति, विसंगतिहरुको अन्त्य गर्दै विज्ञापन व्यवसायमा आवद्ध सबैलाई जिम्मेवारी बनाउने उद्देश्यका साथ सो आचारसंहिता निर्माण गरी लागू गरिएको बताए । उनले सरोकारवाला पक्षसँग पटकपटक छलफल गरी लागू गरिएको सो आचारसंहिताको कार्यान्वयन पनि सहज ढंगले हुने विश्वास व्यक्त गरे ।

    अध्यक्ष हुमागाईँले भने, ‘विज्ञापन क्षेत्रमा देखिएका विकृति र विसंगति अन्त्य गर्ने, विज्ञापन व्यवसायमा आवद्ध सबैलाई जिम्मेवार बनाउने महत्वपूर्ण पक्ष सो आचारसंहिताको महत्वपूर्ण पक्ष हो । सरोकारवालाहरुसँग पटकपटक छलफल गरी तयार गरिएकाले यसको कार्यान्वयन पनि सहज ढंगले हुने अपेक्षा गरिएको छ ।’

    अध्यक्ष हुमागाईँले सो आचारसंहिता कार्यान्वयन भए÷नभएको अनुगमन गर्ने काम नेपाल सरकारले गर्ने पनि स्पष्ट पारे ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend