logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • गठबन्धन भन्दाभन्दै चुनाव चिह्न नै बिर्सने अवस्था आइसक्यो: अध्यक्ष सिंखडा

    गठबन्धन भन्दाभन्दै चुनाव चिह्न नै बिर्सने अवस्था आइसक्यो: अध्यक्ष सिंखडा

    2.8K
    Shares
    गठबन्धन भन्दाभन्दै चुनाव चिह्न नै बिर्सने अवस्था आइसक्यो: अध्यक्ष सिंखडा

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रिय समिति बैठक शुरु भएको छ । माओवादी केन्द्रको केन्द्रिय समितिको तेस्रो पूर्ण बैठक आईतवारदेखि काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठानमा शुरु भएको हो । बैठक मंगलवारसम्म चल्ने माओवादी केन्द्रले जनाएको छ ।

    उपत्यका विशेष प्रदेश समितिका अध्यक्ष जगत सिंखडाले गठबन्धन भन्दाभन्दै मतदाताले चुनाव चिह्न नै बिर्सने अवस्था आइसकेको टिप्पणी गरे ।

    ‘गठबन्धन भन्दाभन्दै चुनाव चिह्न नै बिर्सने अवस्था आइसक्यो । यति सिट एक्लै पनि आउँथ्यो’ स्थानीय चुनावको उदाहरण दिँदै उनले भने ।

    ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रले नेकपाली कांग्रेस,नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चासँग गठबन्धन गरेको थियो ।

    माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा आगामी निर्वाचनमा गठबन्धन गर्न नहुने आवाज उठेको छ ।

     

     

    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend