काठमाडौं । संरक्षित वन्यजन्तु भालुको पित्तसहित प्रहरीले अर्घाखाँचीको पाणिनी गाउँपालिका– २ का ५३ वर्षीय हरिओम रसाइली र रुपन्देही बुटवल उपमहानगरपालिका– ३ का ३२ वर्षीय भजिन्द्र दर्जीलाई पक्राउ गरेको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)बाट खटिएको प्रहरी टोलीले उनीहरूलाई शुक्रबार जोरपाटीस्थित नयाँ बस्तीबाट पक्राउ गरेको हो। उनीहरूको साथबाट दुई थान भालुको पित्त बरामद भएको प्रहरीले जनाएको छ।