सुनसरी । सुनसरीको कोशी गाउँपालिका ८ स्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले विभिन्न किसिमका आगुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुरको चौदन्डी नगरपालिका ३ बस्ने २५ बर्षिय कुमार राई र २५ बर्षिय अर्जुन राई छन् ।
उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट हरिपुरबाट खटिएको टोलीले आईतबार पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई गस्तीमा खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथबाट फेनारागन २१ वटा, डाइजेपाम २२ वटा र लिजेसिक २२ वटा फेला गरेको सशस्त्र प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरु व्याक्ति र बरामद लागूऔषधहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीमा बुझाईएको छ । यस्तै सुनसरीकै ईनर्वा नगरपालिका १० विविया तथा भोक्रहा नरसहि
गाउँपालिका ८ स्थित घिर्नी पुलबाट पनि आईतबार करीव १ लाख २८ हजार रुपैयाँ बराबरको १४ बोरा चिनी र ४ सय ४९ थान अवैध छाता बरामद भएको छ ।
भारतबाट नेपालतर्फ लुकाएर ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण सुनसरीबाट खटिएको टोलीले बरामद गरेको हो ।