logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • मन्त्रीहरु हेरफेर गर्ने पार्टीको निर्णय स्वागतयोग्य: प्रमोद साह

    मन्त्रीहरु हेरफेर गर्ने पार्टीको निर्णय स्वागतयोग्य: प्रमोद साह

    2.5K
    Shares
    मन्त्रीहरु हेरफेर गर्ने पार्टीको निर्णय स्वागतयोग्य: प्रमोद साह

    काठमाडौं । जनता समाजवादी पार्टी नेपालका सांसद प्रमोद साहले मन्त्रीहरु हेरफेर गर्ने पार्टीको निर्णय स्वागतयोग्य भएको टिप्पणी गरेका छन् । सोमवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै सांसद साहले पार्टीले मन्त्रीपरिषद् हेरफेर गर्नु स्वागतयोग्य भएको बताएका हुन् ।

    उनले पार्टीले मन्त्रीहरु बनाउँदा समावेशी बनाउन नसकेको बताए । मन्त्री हेरफेर गर्न पार्टी अध्यक्षलाई अधिकार दिइए बमोजिम निर्णय भएको उनको भनाई छ ।

    उनले भने– ‘विगतमा पनि समावेशी भनेरै पठाएको थियो । अहिलेपनि समावेशी भनेरै पठाएको छ । महिला छैन । यहाँ त समावेशी पनि धेरै कुरामा समावेशी हुन्छ नि त । महिला, दलित चाहियो । अन्य जातजातिलाई पनि हेर्नुप¥यो । धेरै कुरा मिलाउन नसक्ने अवस्था भएको छ । पार्टी अध्यक्ष र शीर्षस्थ नेतृत्वले निर्णय गर्ने अधिकार दिएको थियौँ । त्यही अनुसार निर्णय भएको छ । स्वागत योग्य निर्णय छ ।’

    उनले पार्टी फुटाउनु जरुरी नभएको बताए । पार्टी फुटाउनु लोकतन्त्रलाई कमजोर पारेको उनले बताए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend