logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • निजामति कर्मचारीहरुलाई नयाँ वातावरण दिने काम भइरहेको छ: प्रशासनमन्त्री श्रेष्ठ

    निजामति कर्मचारीहरुलाई नयाँ वातावरण दिने काम भइरहेको छ: प्रशासनमन्त्री श्रेष्ठ

    3.2K
    Shares
    निजामति कर्मचारीहरुलाई नयाँ वातावरण दिने काम भइरहेको छ: प्रशासनमन्त्री श्रेष्ठ

    काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले निजामति कर्मचारीहरुलाई नयाँ वातावरण दिने काम भइरहेको बताएका छन् । मंगलवार मन्त्रालयले आयोजना गरेको कर्मचारीको नयाँ सोच/इनोभेटिभ आइडिया प्रश्तुतीका लागि प्रतिभा डबली अन्तिम चरणको छनोट कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

    उनले सरकारी सेवामा कार्यरत कर्मचारीहरुको बीचमा प्रतिभाको प्रतिष्पर्धा गर्नुले आगामी दिनमा अध्ययन र अनुसन्धानको पाटोलाई थप सुदृढ गर्ने विश्वास व्यक्त गरे । मन्त्री श्रेष्ठले सीप र क्षमतालाई प्रतियोगिताको माध्यमबाट अघि सार्दा आगामी दिनमा कर्मचारीहरुमा काम गर्ने क्षमताको बिस्तार हुने अपेक्षा राखेको बताए । उनले कर्मचारीहरुले सेवाग्राहीलाई राम्रो ढंगबाट सेवा दिने नविन उपायहरु प्रतिष्पर्धाबाट आउने बताए ।

    उनले भने, ‘निजामति क्षेत्रमा नयाँ वातावरण दिने काम भएको छ । सरकारी सेवामा कार्यरत कर्मचारीहरुको बीचमा एक किसिमको प्रतिष्पर्धा दिने कुरा हो यो । आफ्नो खुबी यसरी प्रतियोगिताको माध्यमबाट अघि सार्दा अझै उहाँहरुमा भविष्यमा राम्रो काम गर्ने, अध्ययन अनुसन्धान गर्ने र निजामति सेवामा मात्रै होइन, यसको प्रभाव अन्यत्र पनि यसले विकास र बिस्तार गर्दै लान्छ नै । निजामति सेवा भित्र सेवाग्राहीहरुलाई कसरी राम्रो ढंगबाट सेवा दिने, र त्यसका उपाय, तरिकाहरु के हुन् ? यो ट्यालेन्ट वारमा भाग लिइरहका साथीहरुले सेवाग्राहीलाई कसरी राम्रो दिने त्यो भन्नसक्छ । यसका नविन उपायहरु दिनसक्छ । कर्मचारीतन्त्रमा असल प्रशासन कसरी दिनसक्छ ? प्रशासनलाई भ्रष्टाचारमुक्त र सुशासनयुक्त बनाउने उपायहरु दिनसक्छ ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend