काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आफूले पदबाट राजीनामा नदिने बताएका छन् । बजेट निर्माणका बेला अनाधिकृत व्यक्तिको सुझाव लिएको भन्दै शर्मामाथि आलोचना भइरहेको छ । पछिल्लो समय अर्थमन्त्री शर्माको राजीनामा मागिएको छ । तर, मन्त्री शर्माले भने कुनैपनि हालतमा आफूले राजीनामा नदिने प्रतिक्रिया दिएका छन् ।
सञ्चारकर्मीसंग कुरा गदै उनले भने,‘मैले किन राजीनामा दिने ? के गल्ती गरेको छ र ?’ माओवादी केन्द्रको आज विहान बसेको सचिवालय बैठकमा समेत अर्थमन्त्री शर्माले राजीनामा दिन नपर्ने कुरा उठेको थियो ।