काठमाडौं । बिना जानकारी बेला बेलामा हुने विद्युत अनियमिताले राष्ट्रिय सभा अध्यक्षलाई पनि फसाद पारेको छ । चन्द्रागिरिको केबलकार रोकिँदा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना केहीबेर बीचमै अड्किन पुगेका छन् ।
तिमल्सिना पारिवारिक घुमघामका लागि चन्द्रागिरि गएका थिए । केबल कार रोकिने बेलामा अरु यात्रु पनि थिए ।
विद्युत आपूर्तिको अनियमितता तथा अन्य कारणले केबलकार बेला बेलामा रोकिने गर्छ । राष्ट्रियसभा अध्यक्ष तिम्सिना केबलकार चढेको तर कतिबेर केबलकार रोकियो भन्नेबारे सूचना नभएको काठमाडौं प्रहरीका एसपी दिनेशराज मैनालीले बताए ।