logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • नेप्से परिसूचक १३.३३ अंकले वृद्धि

    नेप्से परिसूचक १३.३३ अंकले वृद्धि

    3.6K
    Shares
    नेप्से परिसूचक १३.३३ अंकले वृद्धि

    काठमाडौं । बुधवार नेप्से परिसूचक सामान्य अंकले वृद्धि भएको छ । मंगलवार ९ अंकले गिरावट आएको नेप्से परिसूचक बुधवार १३.३३ अंक बढेर २०४३.९२ बिन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.६८ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.९४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७२ अंकले बढेको छ ।

    बुधवार कारोबारमा आएका २२८ कम्पनीको ६२ लाख ६३ हजार कित्ता शेयर २ अर्ब १७ करोड ८६ लाख ५५ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । मंगलवारको तुलनामा कारोबार रकम बढेको छ । मंगलवार ४ अर्ब ३४ करोड ९२ लाख ७३ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो ।
    बुधवार नेप्से १३ उपसमूहमध्ये १० उपसमूहको परिसूचक बढेको छ भने बाँकी ३ उपसमूहको परिसूचक घटेको छ । जसमा विकास बैंक, वित्त र जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी र जलविद्युत उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले बढेको छ । तर यता, बैंक, म्युचुअल फण्ड र निर्जीवन बीमा उपसमूहको परिसूचक भने घटेको छ ।

    नेप्से परिसूचक सामान्य अंकले वृद्धि भएसँगै दुई कम्पनीको शेयर मूल्य शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा लाइफ इन्स्योरेन्स कर्पोरेशन र सिवाईसी नेपाल लघुवित्तको शेयर सकारात्मक सर्किट लभेलमा कारोबार भएको हो । तेह्रथुम पावर कम्पनी र सिभिल बैंकको शेयरमूल्य ७ प्रतिशतभन्दा बढी बढेको छ । तर यता, स्वाभिमान लघुवित्तको शेयरमूल्य ५.६८ प्रतिशत घटेको छ । बुधवारको कारोबारमा गोर्खाज फाइनान्सले ११ करोड ७२ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री गरेको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend