काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्र विक्रम चन्द (विप्लव)ले हिंसाप्रेरित अभिव्यक्ति दिएका छन् । देश बेच्न पाईदैन भनेर एमसीसीजस्तो राष्ट्रघाती सम्झौंताविरुद्ध लडाई लडेर जेल परेका आफ्ना पार्टीका कार्यकर्तालाई १० लाखसम्म धरौटी माग्ने न्यायाधीशलाई घरबाटै थुतेर कुटनुपर्ने बताएका हुन् ।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले देश बचाउन लडाई लडेका आफ्ना कार्यकर्तालाई रिहाई गर्न यतिधेरै धरौटी माग गर्ने न्यायाधीश को हुन ? भनि पटकपटक प्रश्न समेत गरे । महासचिव विप्लवले सो आन्दोलनको क्रममा गिरफ्तार भएका आफ्ना पार्टीमा आवद्ध विद्यार्थीहरुलाई अदालतले धेरै धरौटी मागेको उल्लेख गर्दै कहाँबाट ल्याएर तिर्ने भन्दै आक्रोश समेत व्यक्त गरे ।
उनले भने, ‘एमसीसी विरुद्ध हामी टाउको फुटुन्जेल लड्यौं । हामीले त हात भाँचिउन्जले लड्यौं । खुट्टा भाँचिउन्जेल लड्यौं । हाम्रा साथीहरु जेल गर्नु भयो । धरौटी पनि कति माग्ने ? १० लाख माग्ने क्या । एउटा विद्यार्थीलाई १० लाख, ५ लाख धरौटी तोक्ने न्यायाधीश को हो ?एउटा पढिरहेको विद्यार्थीलाई १० लाख, ५ लाख धरौटी माग्ने, यो न्यायाधीश को हो ? यिनको त घरघर गएर थतेर कुटनुपर्छ क्या यिनलाई । एउटा साँचो कुरा के हो भने एउटा विद्यार्थीलाई, एउटा पढिराखेको विद्यार्थीहरुलाई १० लाख, ५ लाख धरौटी माग्ने हो ? कहाँबाट ल्याएर तिर्ने १० लाख भन्नस्त ? हो ? एउटा युवा देश बेच्न पाईदैन भनेर जुलुस गर्दाखेरी गिफरतार हुने मान्छेलाई ३ लाख धरौटी माग्ने हो ? नभएको कुकर बम बनाएर भिडाई दिने हो ? यसले के देखाउन भने नेपालमा दलालहरु चारैतिर छरिएर बसेका छन । दलालहरुको सल्लाह छ । हाम्रो विरुद्ध षडयन्त्र गर्न एक भएर लागिरहेका छन ।’
महासचिव विप्लवले एमसीसी संसदबाट पारित भएपनि त्यसलाई कार्यान्वयन हुन नदिने अडान समेत दोहो¥याए । उनले क्रान्ति गर्न डराएकाहरुले मात्रै आफ्नो पार्टी छाडेको दावी गरे ।